बाइडेन आएसँगै चीनप्रति अमेरिकाको दोहोरो नीति
काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेन चीनसँग मिलेर काम गर्न राजी भएका छन् । ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले मंगलबार बाइडेन चीनमाथि लगाइएका आर्थिक प्रतिबन्धलाई सीमित गर्नको लागि प्रतिबद्ध भएको बताए । बाइडेन नेतृत्वले चीनप्रति कडाइ गर्न सुरु गरेकै बेला यस्तो बयान आएको हो । दक्षिणी चीन सागरमा चीनको दखलविरुद्ध बाइडेन प्रशासनले संकेत दिइसकेको छ ।
पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा चीन र अमेरिका सम्बन्ध निकै तनावपूर्ण भएपछि बाइडेन आएसँगै यो तनाव कम हुने अपेक्षा गरिएको थियो । तर, चीनको सामरिक महत्वाकांक्षामा वाशिङटनले चेतावनीपूर्ण संकेत दिएसँगै यी दुई देशको सम्बन्ध अपेक्षाकृत सहज नहुने संकेत देखिएको छ । अहिले बाइडेन प्रशासनले चीनप्रति दोहोरो रणनीतिमा काम गरिरहेको देखिएको छ ।
साकीको बयान र बाइडेनको सामरिक संकेतले अब अमेरिका चीनलाई आर्थिक मामिलामा राहत दिने तर सामरिक मामिलामा कडाइ गर्ने रणनीतिमा लदागेको देखिएको छ । ताइवान र दक्षिण चीन सागर मामिलामा बाइडेन प्रशासनले आफ्नो दृष्टिकोण प्रस्ट पारिसकेको छ । अमेरिकाले दक्षिण चीन सागरमा आफ्नो युद्धपोत तैनाथ गरिसकेको छ । अर्कोतर्फ प्रेस सेक्रेटरीले भने अमेरिका आर्थिक मोर्चामा सहयोगीहरुसँग मिलेर काम गर्न चाहेको बताएका छन् ।
Facebook Comment