फेसबुक एपमा न्यूज ट्याब सुरु

डिसी नेपाल
१४ माघ २०७७ १०:४७

काठमाडौं। फेसबुकले आफ्नो एपभित्र न्यूज ट्याब सुरु गरेको छ । अहिलेका लागि भने यो ट्याब बेलायतमा उपलब्ध भएको छ । बेलायतबाटठ संचालित मिडिया संस्थानहरु स्काइ न्यूज, फाइनान्सियल टाइम्स, द गार्डियन लगायतसँग सम्झौता गरेपछि फेसबुकले नयाँ फिचर सार्वजनिक गरेको हो । फेसबुकले आफ्नो यो ट्याबमार्फत सयौं राष्ट्रिय, स्थानीय र जीवनशैली आउटलेटका समाचार उपलब्ध हुने बताएको छ ।

स्काइ न्यूजका अनुसार फेसबुकले यी मिडिया संस्थानसँग सम्झौता गरेपछि अब ती मिडिया संस्थानका समाचारहरु फेसबुकमा देखिनेछन् र यसवापत ती मिडिया संस्थानले लाखौं पाउण्ड आम्दानी गर्न सक्ने बताइएको छ । यसअघि गुगल सर्चमा विभिन्न मिडिया संस्थानका शीर्षक र प्रिभ्यू देखिने तर ती संस्थानलाई गुगलले कुनै शुल्क नतिरेको भन्दै आलोचना भएको थियो । यससँगै स्पेनमा गुगललाई यो सुविधा रोकिएको छ र अस्ट्रेलियामा पनि यस विषयमा कारवाही अगाडि बढिसकेको छ । यसै पृष्ठभूमिमा फेसबुकले मिडिया संस्थानहरुलाई निश्चित रकम, ट्राफिक बुस्ट सेवा र इन्स्ट्यान्ट आर्टिकलमार्फत पैसा उपलब्ध गराउनेगरी यो नयाँ फिचर सुरु गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *