तीन महिनामा शतप्रतिशत जनतालाई कोरोना विरुद्धको खोप लगाइन्छ : प्रधानमन्त्री

डिसी नेपाल
१४ माघ २०७७ ११:१९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी ३ महिनाभित्र शतप्रतिशत जनसंख्यालाई कोरोना विरुद्धको खोप लगाइसक्ने बताएका छन्। कोरोना विरुद्धको खोप अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले तीन महिनाभित्र सबै नेपालीमा खोप पुर्याउने आश्वासन दिएका हुन्।

‘मलाई लाग्छ तीन महिनासम्ममा सबै नेपालीलाई खोप उपलब्ध गराउन सकिन्छ,’ ओलीले भने, ‘हामी भारतसँग थप खोप खरिदका लागि कुराकानी गरिरहेका छौं ।’

दुनियाको तुलनामा नेपालमा कम क्षेति भएको बताउँदै प्रधानमन्त्रीले भने, ‘संक्रमण देखापरेपछि एउटा पनि परीक्षण गर्ने अवस्था हामीसँग थिएन। हामीले भौतिक दुरीको कायम ग¥यौं। ९८ प्रतिशत भन्दा बढी मान्छेहरु यो रोगबाट मुक्त हुनु भएको कुरा स्वास्थ्य मन्त्रीले बताइसक्नु भएको छ। तर, हामीकहाँ क्षेति कम भयो।’

‘हामी खोपमा मात्रै भर पर्ने होइन।’ प्रधानमन्त्रीले भने, ‘यो शतप्रतिशत विश्वसनीय नहुन सक्छ। हामीले भौतिक दुरी काय गर्ने, मास्क लगाउने, सरसफाई र खानपिन जस्ता स्वास्थ्यमापदण्ड अपनाईराख्नु पर्छ।’

‘पहिले जता पनि मान्छे देख्यो कि कोभिडको संवाहक जस्तो लाग्थ्यो।’ प्रधानमन्त्रीले भने, ‘अहिलेको अवस्था हिजो जस्तो भयावह छैन। मान्छे भयवित भएको देखिदैन। मानिसले सावधानि अपनाएको छ। हिजो साबधानी भन्दा बढी त्रास थियो।’

प्रधानमन्त्रीले खोप अभियानको आरम्भ गरेपछि देशभरका १२० खोप केन्द्रहरुमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारी, चालक, एम्बुलेन्स चालक लगायतलाई खोप दिइएको छ ।

आज एकै दिन १२ हजार जनाले खोप लगाउने शुभारम्भ समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।

नेपाल दक्षिण एशियामा कोराेनाविरुद्ध खोप अभियान चलाउने भारतपछि दोस्रो मुलुक भएको छ । भारतले अनुदानमा दिएको खोप पहिलो चरणमा लगाउन थालिएको हो ।

पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाएकाहरुले खोप सुरक्षित रहेको भन्दै सबैलाई निश्चिन्त भएर खोप लगाउन आग्रह गरेका छन् ।

पहिलो पटक खोप लगाएका टेकु अस्पतालका निर्देशक डा. सागरराज भण्डारी, डा. अनुप बास्तोला, जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुणा झाले खोप लगाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *