विराट कोहली र तमन्ना भाटियालाई पक्राउ गर्न मुद्दा परेपछि अदालतले जारी गर्यो नोटिस
काठमाडौं। भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र अभिनेत्री तमन्ना भाटियालाई पक्राउ गर्न माग गर्दै मुद्दा परेपछि केरल हाइकोर्टले नोटिस जारी गरेको छ । अनलाइ रमी खेलमा रोक लगाउन मागसहित परेको उजुरीमाथि सुनुवाइ गर्दै अदालतले विराट कोहली, तमन्ना भाटिया र अजु वर्गीजलाई नोटिस जारी गरेको हो । विराट, तमन्ना र अजु अनलाइन रमी खेलका ब्राण्ड एम्बेसेडर हुन् । अदालतले राज्य सरकारसँग पनि यस विषयमा जवाफ मागेको छ ।
Kerala HC sends notices to Virat Kohli and actors Tamannaah Bhatia & Aju Varghese, who are the brand ambassadors of Online Rummy games, in connection with a petition seeking legal prohibition on online rummy games. Court also asks for a reply from the State Govt on this. pic.twitter.com/TNYHdw2cF8
— ANI (@ANI) January 27, 2021
तमिलनाडु सरकारले भने सट्टेबाजी हुने यस्ता अनलाइन गेम र एपमाथि प्रतिबन्ध लगाएको छ । प्रतिबन्ध लगाइएकामध्ये अनलाइन रमी पनि एक हो । यो गेम खेलेको पाइएमा ५ हजार रुपैयाँ जरिवाना र ६ महिना जेल सजाय हुन सक्छ । एकजनाले अनलाइन गेममा पैसा डुबेपछि आत्महत्या गरेपछि यस्तो प्रतिबन्ध लगाइएको थियो । नोभेम्बर २०१९ मा कोयम्बटुरमा पनि ३ जनाले अनलाइन रमी गेममा पैसा डुबेपछि आत्महत्या गरेका थिए ।
विराट र तमन्नाविरुद्ध चेन्नइका एक वकिलले दायर गरेको मुद्दामा अदालतसँग युवा अनलाइन जुवाप्रति आशक्त भएको भन्दै अनलाइन जुवा खेल्न प्रतिबन्ध लगाउने आदेश दिन माग गरिएको थियो । याचिकामा अनलाइन जुवा कम्पनीहरुले युवाहरुलाई अनलाइन जुवातर्फ आकर्षित गर्न विराट कोहली, तमन्ना भाटिया जस्ता स्टारहरुको प्रयोग गरिरहेको भन्दै दुवैलाई पक्राउ गर्न माग गरिएको थियो । उनले एक यस्ता युवाका बारेमा पनि उल्लेख गरेका थिए जसले अनलाइन जुवाको लागि लिएको पैसा तिर्न नसकेका कारण आत्महत्या गरेका थिए ।
Facebook Comment