थप २८३ जनामा कोरोना पुष्टि

डिसी नेपाल
१४ माघ २०७७ १६:३९

काठमाडौं। बुधबार नेपालमा ४ हजार ३८२ जनाको पीसीआर परीक्षण गर्दा थप २८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ३७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार २८६ रहेको छ ।

पछिल्लो २४ घण्टामा २४६ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६५ हजार ६९ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार २० पुगेको छ।

यस्तै हालसम्म १२२ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म २० लाख ५७ हजार ६९ जनाको पीसीआर परीक्षण गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *