बुटवलमा प्रचण्ड–माधव समूहको शक्ति प्रदर्शन

डिसी नेपाल
१५ माघ २०७७ १६:२८
232
Shares

काठमाडौं। सरकारले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेपछि दुई समूहमा विभाजित भएको नेकपाको एक समूह प्रचण्ड–माधव समूहले बिहीबार लुम्बिनी प्रदेशको रुपन्देही जिल्लास्थित बुटवलमा शक्ति प्रदर्शन गरेको छ।

बिहीबार बुटवल बजरामा विरोध प्रदर्शनपछि पुष्पलाल पार्कमा विरोधसभा आयोजना गरियो। समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का अध्यक्ष माधवकुमार नेपालसहितको उपस्थितिमा भएको विरोधसभामा ठूलो संख्यामा मानिसहरु भेला भएका छन्।

सरकारले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेपछि प्रचण्ड–माधव समूह सडक आन्दोलनमा छ। काठमाडौंलगायत विभिन्न जिल्लाहरुमा विरोध प्रदर्शन गरिरहेको छ। यहीक्रममा बिहीबार बुटवलमा विरोध सभा गरिएको हो।

भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेका छन्। उनी सभामा ओलीप्रति निकै आक्रामक रुपमा प्रस्तुत भएका थिए। उनले भनेका छन्, ‘ओलीले होच्याउने, व्यंग्य गर्नेबाहेक अरु केही जानेकै छैनन्।’ सभालाई प्रचण्ड, घनश्याम भुसाललगायत नेताहरुले सम्बोधन गरेका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *