राष्ट्रिय अनुसन्धानका गुप्तचर थापाका हत्या आरोपी पक्राउ
सांकेतिक तस्वीर
काठमाडौं। राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक प्रविण थापा मगरका हत्या आरोपी पक्राउ परेका छन्। नेपालगंज उपमहानगरपालिका–१८ का २७ वर्षीय थापा मगरको हत्यामा माघ २ मा खेतमा शव भेटिएको थियो।
उनको हत्या आरोपमा बाँके नेपालगंज उपमहानगरपालिका–६ फुल्टेक्रा बस्ने १८ वर्षीय बिवेक परियारलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।
राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय बाँके नेपालगंजमा कार्यरत थापा मगर गत माघ २ गते नेपालगंज उपमहानगरपालिका–१८ स्थित खेतबारीमा मृत अवस्थामा फेला परेका थिए। घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न परियारलाई भक्तपुर, चाँगुनारायण नगरपालिका–९ ताथलीमा लुकिछिपी रहेको अवस्थामा फेला पारी प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय, बाँकेमा पठाउने तयारी भइरहेको उक्त केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment