रहस्यमय महिलाले यौनक्रिडा गरेर हतियारबन्द लुटेरालाई पुलिस आउँदासम्म अल्झाइन्

डिसी नेपाल
१५ माघ २०७७ १७:२१

काठमाडौं। हतियारसहित लुट्न आएका लुटेरासँग यौनक्रिडा गरेर एक रहस्यमय महिलाले ती लुटेरालाई पुलिस आउँदासम्म अल्झाएकी छिन् । बुधबार स्लोभाकियाको ब्रातिस्लाभामा रहेको एक पेट्रोल स्टेशनमा हतियारसहित आएका लुटेराले त्यहाँका कर्मचारीलाई तर्साएर पैसा मागेका थिए । २४ वर्षका लुटेराले पसलका सहायकलाई मुक्का हानेपछि ती सहयोगी पछाडिको अफिसतर्फ भागेका थिए ।

टिएएसआर समाचार एजेन्सीलाई उद्धृत गर्दै द सनले लेखेअनुसार लगत्तै एक रहस्यमय महिला पछाडिको ढोकाबाट आइन् । ती महिलाले २४ वर्षका ती लुटेरासँग मुखमैथुन गर्न थालिन् ताकि लुटेरालाई कतै जानबाट रोक्न सकियोस् । त्यतिबेलासम्म एकजना स्टाफले पुलिसलाई फोन गरिसकेका थिए । पुलिस आउँदा ती लुटेरा र महिला दुवै भुइँमा नग्न अवस्थामा सुतेका भेटिएका थिए । ती महिला चेक रिपब्लिककी ३५ वर्षकी सोना भएको बताइएको छ । बाँकी विवरण खुल्न सकेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *