एक वर्षमा दुई पटक गर्भवती भइन् यी महिला, चार बच्चालाई दिइन् जन्म

डिसी नेपाल
१६ माघ २०७७ १०:५५

काठमाडौं। प्रत्येक महिलामा आमा बन्ने सपना हुन्छ। गर्भावस्था एक नाजुक र कठिन समय हुन्छ। यस क्रममा महिला कयौं प्रकारका दुख र कष्टबाट प्रताडित हुन्छन्। गर्भावस्थादेखि सुत्केरी हुँदासम्म महिलाका शरीरमा कयौं परिवर्तन देखिन्छ।

सामान्य रुपमा एक महिला एक वर्षमा एक पटक मात्रै गर्भवती हुन्छन्। तर आज हामी एक जना यस्तो महिलाका विषयमा जानकारी दिन गइरहेका छौं, जो एक वर्षमा दुई पटक गर्भवती भइन्, त्यतिमात्रै होइन उनले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन। यी महिला अमेरिकास्थित फ्लोरिडाकी हुन्।

फ्लोरिडाकी यी महिला एकै वर्षमा दुई पटक गर्भवती भएकी छन्। अझ रोचक त के भने दुवै पटक यी महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिइन्। यसरी यी महिलाले एक वर्षमा चार जना बच्चा जन्माइन्। यी महिलाको नाम एलेक्सज्याड्रिआ वोलिस्टन हो।

उनले आफूलाई दुई पटक पुरस्कार पाएजस्तो भएको बताएकी छन्। जुम्ल्याहा बच्चालाई जन्म दिएपछि वोलिस्टन मे महिनामा गर्भवती भएकी थिइन्। त्यसपछि डाक्टरले उनलाई फेरि जुम्ल्याहा बच्चा रहेको जनाएका थिए। दोस्रो पटक उनले डिसेम्बरमा फेरि जुम्ल्याहा बच्चालाई जन्म दिएकी थिइन्।

यसअघि यस्तो अनौठो घटना बेलायतमा पनि सार्वजनिक भएको थियो। अझ रोचक त के भने ती महिलाको गर्भमा दुई बच्चा थिए। त्यो क्रममा उनी एक पटक फेरि गर्भवती भइन्। त्यो भन्दा पनि रमाइलो त के भने ३२ हप्तासम्म ती महिलाको गर्भमा तीन बच्चा हुर्किँदै थिए। ३२ हप्तापछि ती महिलाले तीन बच्चालाई जम्न दिइन्। डाक्टरहरुका अनुसार यो एकदम दुर्लभ घटना हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *