प्रधानमन्त्री ओलीद्वारा शहिदहरूकाे शालिकमा माल्यार्पण (फाेटाेफिचर)

डिसी नेपाल
१६ माघ २०७७ १४:०५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शहिदहरुको शालिकमा माल्यापण गरेका छन्। काठमाडौंको लैनचौरस्थित शहिद पार्कमा रहेको शहिदहरुको शालिकमा माल्यापर्ण गरेका हुन्।

 

तत्कालीन राणा शासनका विरुद्ध आवाज उठाएका शुक्रराज शास्त्री, दशरथ चन्द, गंगालाल श्रेष्ठ र धर्मभक्त माथेमाले ज्यानको आहुति दिएका थिए। राणाहरुको विरुद्ध बोलेकै निहुँमा उनीहरुलाई विभिन्न ठाँउमा फरक प्रकारले हत्या गरिएको थियो।

 

तत्कालीन राणाहरुले शहिद शुक्रराज शास्त्रीलाई माघ १० गते टेकुस्थित पचलीमा मृत्युदण्ड दिइएको थियो। शहिद धर्मभक्त माथेमालाई सिफलमा माघ १३ गते र गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मारिएको थियो।

 

वि.स. १९९७ को माघमा राणा शासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रमा एकजुट हुन र शिक्षित गरेको आरोपमा उनीहरुलाई मारिएको थियो। २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि विसं २०१२ देखि काठमाडौँ महानगरपालिकाको संयोजनमा प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउन थालिएको हो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *