दिल्लीस्थित इजरायली दूतावास नजिकै विस्फोट
काठमाडौं (एजेन्सी)। भारतको राजधानी दिल्लीस्थित इजरायली दूतावास नजिकै विस्फोट भएको छ। भारतीय सञ्चार एजेन्सी पीटीआईले दूतावास नजिकै विस्फोट भएको जानकारी दिएको छ। बीबीसी हिन्दीका अनुसार विस्फोटका कारण केही कारहरुलाई क्षति भएको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ।
विस्फोट के कारणले भयो र क्षति कति भयो भन्ने विषयमा भने विस्तृत विवरण आइनसकेको जनाइएको छ। भारतमा यति बेला किसान आन्दोलन पनि चरममा पुगेको छ।
Blast outside Israeli Embassy, some cars damaged: Delhi Police
— Press Trust of India (@PTI_News) January 29, 2021
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment