बिहेका दिन बेहुलाको अनुमति लिएर बेहुलीले पूर्वप्रेमीलाई अन्तिम पटक अंकमाल गरिन्

डिसी नेपाल
१९ माघ २०७७ १५:३६

काठमाडौं। विवाहको क्रममा पूर्वप्रेमी वा पूर्वप्रेमिकासँगको सम्बन्धको विषयले बेलाबेला विवाद ल्याएको घटना हामीले सुनेका छौं । तर, एक बेहुलीले आफ्ना पूर्वप्रेमीलाई अन्तिम पटक अंकमाल गरेपछि मात्रै आफ्नो वैवाहिक जीवन सुरु गरेकी छिन् । बिहेको क्रममा बेहुलीले आफ्ना नयाँ श्रीमानलाई यस्तो प्रश्न सोधिन जसले बेहुलालाई चकित पारिदियो । उनले बेहुलासँग आफूले आफ्ना पूर्वप्रेमीलाई अन्तिम पटक अंकमाल गर्न चाहेको भन्दै अनुमति मागिन् ।

द सनको रिपोर्टअनुसार टिक टकमा शेयर गरिएको त्यो भिडियो क्लिपमा बेहुला बेहुलीलाई पाहुनाहरुले शुभकामना दिइरहेका छन् । त्यही क्रममा बेहुलीका लागि परिचित एक अनुहारको प्रवेश हुन्छ । बेहुलीका पूर्वप्रेमी आउँछन्, दुवैलाई शुभकामना दिन्छन् र बेहुलासँग हात मिलाउँछन् । त्यसपछि बेहुली बेहुलातर्फ फर्केर सोध्छिन् ‘के म अझै एकपटक अंकमाल गर्न सक्छु ?’ बेहुलाले पनि अनुमति दिन्छन् र बेहुलीले पूर्वप्रेमीलाई अंकमाल गर्छिन् ।

त्यसपछि पूर्वप्रेमी बेहुलासँग हात मिलाउन जान्छन् तर बेहुलाले पनि उनलाई तानेर अंकमाल गर्छन् । मलेसियाको भएको विश्वास गरिएको यो भिडियो टिकटकमा लाखौं पटक हेरिएको छ तर यसले टिकटक युजरहरुलाई भने विचारका आधारमा विभाजित गरेको छ । केहीले ती बेहुला अझै राम्रोको लायक भएको बताएका छन्, केहीले उनको अनुहारमा पीडाभाव देखिएको भनेका छन् । तर, केहीले भने उनको विशाल हृदयको प्रशंशा गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *