उपराष्ट्रपति पुनले गरे शपथग्रहण कार्यक्रम बहिष्कार

डिसी नेपाल
२१ माघ २०७७ ११:१८
1.5k
Shares

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले संवैधानिक आयोगका प्रमुख र सदस्यहरुको शपथग्रहण कार्यक्रम बहिष्कार गरेका छन्।
राष्ट्रपति निवास शीतलनिवासमा बुधबार विहान आयोजित शपथग्रहण कार्यक्रममा पुन सहभागी भएनन्। पूर्वमाओवादीबाट उपराष्ट्रपति बनेका पुन नेकपाको विवादले दुई समूहमा विभाजन भएपछि प्रचण्ड–नेपाल पक्षमा देखिएका हुन्।

केहीदिन अघिमात्र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), जनता समाजवादी पार्टीका केन्द्रीय परिषद संयोजक बाबुराम भट्टराई र पुनले उनकै निवासमा भेटवार्ता गरेका थिए। स्रोतका अनुसार बुधबार पनि प्रचण्डसँग सल्लाह भएपछि नै उनी शपथ ग्रहण कार्यक्रममा सहभागि नभएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *