कोरोना संक्रमण बढ्न थालेपछि साउदीमा नेपाली दूतावासद्वारा अस्थायी कार्यालय स्थापना
काठमाडौं। पछिल्लो समय साउदीमा कोरोना संक्रमण बढ्न थालेपछि साउदीस्थित नेपाली दूतावासले दमाममा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय राख्ने भएको छ।
सेवाग्राहीहरूको राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि आउदो शुक्रबार र शनिबार (यहि फेब्रुअरी ५ र ६)मा मुगल रेष्टुरेन्ट दमाम(पुरानो अल खयाम रेष्टुरेन्ट)ग्रिन सपिंग सेन्टरसँगै राखिने भएको हो।
बिहान ८ बजेदेखि अस्थायी कार्यालय सञ्चालन गरिने दूतावासले जनाएको छ। दूतावासले सार्वजनिक गरेको लिष्टमा नाम भएका सेवाग्राहीहरूले राहदानी आवेदनका लागि सक्कल राहदानी, राहदानीमा आफ्नो फोटो भएको पेज र पेज नं.३१ को फोटोकपि एक–एक प्रति, नागरिकताको फोटोकपि एक प्रति (अगाडि र पछाडि दुबै पेज एउटै पानामा आउने गरी) साथमा लानु पर्ने छ।
त्यस्तै राहदानी दस्तुर साउदी रियाल दुई सय लाग्ने जनाइएको छ। र, हराएको वा कुनै कारणले बिग्रिए वा च्यातिएको भए साउदी रियाल चार सय लाग्ने दूतावासले जनाएको छ।
दूतावासका अनुसार पछिल्लो समय साउदी अरबमा कोरोना भाइरसको संक्रमण क्रमशः बढ्दै गएकाले राहदानी आवेदन फाराम संकलन गर्नु परेको हो।
एक घण्टामा १५ जनासम्मको मात्र (उदाहरणको लागि लिष्टको सिरियल नं.२० मा नाम भएको व्यक्ति बिहान ९ बजेर ३५ मिनेटमा उपस्थित हुने) राहदानी आवेदन संकलन गर्न सकिने दूतावासले जनाएको छ भने राहदानी आवेदकहरूलाई मात्र आउन अनुरोध गरेको छ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment