प्रचण्ड–माधव नेपाल पक्षद्वारा बिहीबार देशव्यापी आमहड्तालको घोषणा

डिसी नेपाल
२१ माघ २०७७ १४:०९

काठमाडौं। नेकपा (प्रचण्ड–नेपाल) पक्षले संवैधानिक आयोगमा पदाधिकारी नियुक्तीको विरोधमा बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ। बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आकस्मिक पत्रकार सम्मेलन गर्दै प्रचण्ड–नेपाल समूहले आम हड्तालको घोषणा गरेको हो।

प्रचण्ड–नेपाल समूहका नेतृ पम्फा भुसालले असंवैधानिक र गैरकानुनी ढंगले नियुक्त गरिएका संवैधानिक आयोगमा पदाधिकारी नियुक्ती गरिएको र उनीहरुलाई जबर्जस्ती शपथ गराइएको भन्दै त्यसको विरोधमा बिहीबार देशव्यापी आमहड्ताल आह्वान गरिएको बताइन्।

उनले संसदीय सुनुवाई हुनुपर्ने व्यवस्था रहेको, प्रधानमन्त्रीले असंवैधानिक रुपमा संसद विघटन गरेको तथा सभामुखले संसदीय सुनुवाई हुन नसक्ने भन्दै फाइल फिर्ता गरेको अवस्थामा शपथ गराउनु असंवैधानिक हो, निन्दनीय भएको भन्दै सो कार्यको विरोधमा देशव्यापी आमहड्ताको घोषणा गर्नु परेको बताइन्।

‘नेपाली जनताले संघर्षमार्फत जारी गरेको नेपालको संविधान समुल नष्ट गर्ने षड्यन्त्र गरियो,’ उनले भनिन्, ‘यो असंवैधानिक कदमलाई परास्त गर्न संघर्षलाई सशक्त रुपमा आडि बढाउनुपर्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *