आज प्रचण्ड–नेपाल पक्षको देशव्यापी आमहड्ताल, सुरक्षा व्यवस्था कडा

डिसी नेपाल
२२ माघ २०७७ ६:४३

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले संवैधानिक निकायमा सरकारले बुधवार गरेको नियुक्तिलाई बलमिच्याइँको संद्या दिदै त्यसको विरोधमा देशव्यापी आमहड्ताल गर्ने घोषणा गरेको छ।

प्रतिनिधिसभा विघटन र संवैधानिक निकायमा असंवैधानिक रुपमा गरिएको नियुक्ति गरी पदाधिकारी खटाएपछि नेकपाको प्रचण्ड–नेपाल समूहले आमहड्तालको कार्यक्रमहरु सार्वजनिक गरेको जनाएको छ।

सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा ३२ पदाधिकारी नियुक्ति गरेका थिए।

सरकार र राष्ट्रपति मिलेर असंवैधानिक र गैरकानूनी रूपमा संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै प्रचण्ड–माधव समूह आकस्मिक रूपमा देशव्यापी आम हड्तालमा लागेको छ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले संवैधानिक निकायहरूमा गरिएको नियुक्ति बल मिच्याइँ र निरंकुशतन्त्रको पराकाष्ठा भएको बताएका थिए।

बन्दका क्रममा यातायात, पसल, कलकारखाना सबै बन्द रहने र स्वास्थ्य तथा अत्यावश्यक बस्तु आयात गर्ने साधन र परिक्षा सञ्चालनमा कुनै अवरोध नहुने जनाइएको छ।

आमहड्तालको घोषणासँगै सरकारले राजधानीको सुरक्षा व्यवस्था कडा बनाएको छ। गृहमन्त्रालयले बुधबार नै विज्ञप्ति जारी गर्दै निर्वाधरुपमा यातायात–व्यवसाय सञ्चालन गर्न आग्रह गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *