आन्दोलनका नाममा सडकमा रमिता : न उद्देश्य, न दिशानिर्देश – Dcnepal

आन्दोलनका नाममा सडकमा रमिता : न उद्देश्य, न दिशानिर्देश

२००७ सालको क्रान्ति र त्यसअघिका जतिपनि राजनीतिक घटनाहरु भए, त्यसको उद्देश्य राज्य व्यवस्था परिवर्तन थियो। निरंकुश राणाशासनको अन्त्य गर्दै राजासहितको प्रजातन्त्र र जननिर्वाचित सरकार २००७ र त्यसअघिका क्रान्तिको उद्देश्य थियो।

राजतन्त्र आलंकारिक रुपमा रहने र प्रमुख कार्यकारी अधिकार जनताबाट निर्वाचित सरकारमा रहने राज्य व्यवस्थाको स्थापनाका लागि त्यो आन्दोलन भएको थियो। २००७ सालमा आन्दोलन उत्कर्षमा पुगेसँगै राणाशासनको अन्त्य भयो र संसदीय प्रजातन्त्र स्थापना भयो। यद्यपि त्यो व्यवस्था धेरै टिकेन र २०१७ सालमा राजाले सत्ता हातमा लिएर पञ्चायती व्यवस्था लागू गराए।

त्यसपछि पटक पटकका प्रयासहरु, जतिपनि राजनीतिक घटना, आन्दोलन, द्वन्द्वहरु भए, २०४६ सामा आइपुगेर सबै राजनीतिक घटनाक्रमहरुको परिणामस्वरुप संसदीय प्रणाली, जननिर्वाचित कार्यकारी प्रमुख प्रधानमन्त्री, बहुदलीय राजनीतिक प्रणालीको स्थापना भयो। त्यो राज्यव्यवस्था त्यतिबेला आन्दोलरत सबै राजनीतिक दलको साझा माग थियो। र

, त्यस बेलाको संविधान विश्वकै उत्कृष्ट भनिएको थियो। त्यो संविधानलाई विश्वको सबै मुलुकले समर्थन पनि गरेका थिए। एकाएक मुलुकमा अर्को राजनीतिक घटनाक्रम भित्रियो । २०६२/६३ सालको जनआन्दोलनपछि आएको त्यो परिवर्तन भनेको संघीय लोकतान्त्रिक गणतन्त्र हो।

सत्ताधारी राजनीतिक दल र प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेसका जुन गतिविधि देखिए, त्यसले जनतालाई संटकमा पार्ने, मुलुकको अस्तित्व नै खतरामा पार्ने स्थिति देखियो। अहिले सबै पक्ष सडकमा उत्रिएका छन्। उनीहरुले यसलाई आन्दोलन भनिरहेका छन् तर यो आन्दोलनको उद्देश्य के हो भन्ने प्रस्ट छैन। उद्देश्यहीन आन्दोलन किन निम्त्याइँदैछ? यसको जवाफ आन्दोलनरत पक्षसँग नै छैन।

धर्मनिरपेक्षता, समावेशिता, जनताद्वारा बनाइएको संविधानसभाले लेखेको संविधानको मागसहित जनआन्दोलन भएको थियो। यो आन्दोलन पनि राज्य व्यवस्था र राजनीतिक प्रणाली परिवर्तनका लागि भएको थियो। त्यसपछि मूलतः चार विषयमा आधारित संघीयता, गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षतामा आधारित संविधान व्यवस्थित गरेर जारी गरियो।

तर, यो संविधान सुरुदेखि नै विवादित रह्यो। एक त यो संविधान हतारमा जारी गरियो, अर्को यो संविधानलाई सबै मुलुकबाट समर्थन प्राप्त छैन। भारतले नै यो संधिवानलाई समर्थन गरेको छैन। यस्तो अवस्थामा यो संविधानको सवल कार्यान्वयन गर्नुपर्नेमा आज राजनीतिक दलहरुले बाटो बिराएर गलत दिशातर्फ अघि बढिरहेको देखिएको छ।

विशेष गरी सत्ताधारी राजनीतिक दल र प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेसका जुन गतिविधि देखिए, त्यसले जनतालाई संटकमा पार्ने, मुलुकको अस्तित्व नै खतरामा पार्ने स्थिति देखियो। अहिले सबै पक्ष सडकमा उत्रिएका छन्। उनीहरुले यसलाई आन्दोलन भनिरहेका छन् तर यो आन्दोलनको उद्देश्य के हो भन्ने प्रस्ट छैन। उद्देश्यहीन आन्दोलन किन निम्त्याइँदैछ? यसको जवाफ आन्दोलनरत पक्षसँग नै छैन।

अहिले देखिएका जतिपनि आन्दोलन छन् यी कुनै पनि राजनीतिक व्यवस्थाका लागि होइनन्, राज्य प्रणालीका लागि पनि होइन, कुनै उद्देश्यका लागि निर्दिष्ट आन्दोलन पनि देखिएन। यो द्वन्द्व केवल सत्ताको लागि हो भन्ने प्रस्ट छ। सत्तासीन नेकपाभित्र भागवण्डा नमिलेर मात्रै यो स्थितिको सृजना भएको हो।

को अध्यक्ष, को प्रधानमन्त्री कसले आलोपालो खाने, कसका मन्त्री कति राख्ने, संवैधानिक नियुक्तीमा कसका मानिस कुन पदमा राख्ने, राजदूतका कसका कस्ता मानिस नियुक्ति गर्नेलगायतका विषयमा कुरा नमिलेर झगडा भएर निम्तिएको द्वन्द्व र कलहले मात्रै यो अवस्था ल्याएको हो। नेकपाभित्रको घरझगडाले गर्दा जनताले दुख पाउने अवस्था सृजना भएको छ।

घरझगडा नमिल्दा मुलुकलाई संकटमा पार्नेगरी आन्दोलन गर्दा यो राज्य व्यवस्था बाँदरका हातमा नरिवल भएन र? नेकपाको घरझगडा त मिलेन तर यो अवस्था आउनुमा नेपाली कांग्रेस र त्यसका नेता पनि उत्तिकै जिम्मेवार देखिन्छन्।

कांग्रेसको नेतृत्व दूरदर्शी नहुँदा र राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको सही मूल्याकंन गर्न अध्ययन गर्न नसक्दा कम्युनिष्टहरुबीचको आपसी लडाइँ र द्वन्द्वले आउने परिणाम र त्यसले राजनीतिमा ल्याउने संकटलाई कांग्रेसले बुझ्न र आफूले सही बाटो पहिल्याउन नसक्दा आज यो परिस्थिति निम्तिएको हो। कांग्रेसले आफूले पाएको जिम्मेवारी सही तरिकाले निर्वाह गर्न नसक्दा अहिले देश अप्ठ्यारोमा परेको हो।

कांग्रेसको नेतृत्व दूरदर्शी नहुँदा र राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको सही मूल्याकंन गर्न अध्ययन गर्न नसक्दा कम्युनिष्टहरुबीचको आपसी लडाइँ र द्वन्द्वले आउने परिणाम र त्यसले राजनीतिमा ल्याउने संकटलाई कांग्रेसले बुझ्न र आफूले सही बाटो पहिल्याउन नसक्दा आज यो परिस्थिति निम्तिएको हो। कांग्रेसले आफूले पाएको जिम्मेवारी सही तरिकाले निर्वाह गर्न नसक्दा अहिले देश अप्ठ्यारोमा परेको हो।

कम्युनिष्टका पछिपछि लाग्ने र सत्ताका कतिपय लाभका पदमा सहभागी हुने, म उपस्थिति देखाउँदिन तर मेरा मानिस पनि नियुक्ती गर्नु भनेर देउवाले आफ्नो मानिसलाई भागवण्डा मिलाउने वा ओलीको फेर समातेर शेरबहादुर पछिपछि दौडिने, प्रचण्डको फेर समातेर रामचन्द्र पौडेल पछिपछि दौडिने गर्दा कम्युनिष्टहरुले देशमा दाईँ गरे र कांग्रेस रमिते बन्यो।

सत्ताले बाटो बिराउँदा खबरदारी गर्ने जिम्मेवारी पाएको कांग्रेस आफैं भागबण्डामा बार्गेनिङ गर्न थालेपछि कांग्रेसको अस्तित्व कहाँ रह्यो। कम्युनिष्टकै एक अंगजस्तो गरी चल्ने भए कांग्रेस कहाँ रह्यो त पार्टी? कांग्रेसको नीति, सिद्धान्त, व्यवहार र संगठन अब कहाँ छ? कांग्रेसलाई कहाँ पुर्याउनु भएछ देउवाले? कांग्रेसका केही नेता सार्वजनिक रुपमा संसद पुनस्र्थापना नभएसम्म आन्दोलनमा सहभागी हुनुपर्छ भन्छन्, कांग्रेसकै केही नेता चुनावको तयारी गर्नुपर्छ र चुनावमा जाने बताउँछन्। पार्टीभित्र नै एकता छैन।

पार्टीको आधिकारिक धारणासमेत एउटा छैन भने कांग्रेस आखिर के हो? कांग्रेसको नीति कुन चाँही हो? के कांग्रेस पिँध नभएको लोटा हो? त्यसैले आज मुलुकमा लक्ष्यहीन, उद्देश्यहीन आन्दोलन र द्वन्द्व निम्तियो। अझै यस्तै स्थिति रहने हो भने मुलुक गृहयुद्धतर्फ जान सक्छ। मुलुक कुनै पनि राजनीतिक दलको नियन्त्रण भन्दा बाहिर जान सक्छ। त्यस्तो अवस्थामा विदेशी हस्तक्षेप निम्तिने वा तानाशाह जन्मिने खतरा बढ्छ। त्यसकारण बेलैमा सबै सजग हुन जरुरी छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो