हड्ताल विरुद्ध पूर्व राजाको आक्रोश

डिसी नेपाल
२२ माघ २०७७ ११:२४
2.5k
Shares

काठमाडौं। लामो समय मौन बसेका पूर्व राजा ज्ञानेन्द्र शाह नेकपा –प्रचण्ड–माधव नेपाल) समूहले गरेको आमहड्तालप्रति आक्रोशित देखिएका छन्।

सामाजिक संजाल ट्वीटरमा ट्विट गर्दै पूर्व राजाले नेकपाको एक समूहले गरेको हड्तालप्रति आक्रामक देखिएका हुन्।

‘जनताको दैनिकीमा ध्यान नदिइ आफ्नो राग अलाप्दै आत्मरतिमा रमाउने शासकहरु रहेसम्म आम नागरिकलाई आफ्नो जीविका चलाउन पनि धौ धौ पर्न जान्छ,’ पूर्व राजाले लेखेका छन्, ‘सत्ताको खेल जनताको मन जितेर खेलिनु पर्दछ, न कि बन्द, हड्ताल वा जनविरोधी कृयाकलापले। जनमतको अनादर गरी कुर्सीका लागि निर्लज्ज हुनु कदापी सैह्य हुन्न।’

राजतन्त्र फर्काउने प्रदर्शन हुँदासमेत नदेखिएका पूर्व राजा हड्ताल विरुद्ध भने कडा रुपमा प्रस्तुत भएका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *