दुबइमा साथीलाई ‘फ* यू’ लेखेर म्यासेज पठाउने युवतीलाई दुई वर्ष जेल

डिसी नेपाल
२२ माघ २०७७ १२:२०

काठमाडौं। दुबइमा आफूसँग एउटै फ्ल्याटमा बस्ने साथीलाई ‘फ* यू’ लेखेर म्यासेज पठाउने एक युवतीलाई २ वर्ष जेल सजाय दिइएको छ । ३१ वर्षकी यी युवतीले साथीसँग लकडाउनको क्रममा डाइनिङ टेबल कसले प्रयोग गर्यो भन्ने विषयमा कुरा हुँदा यस्तो म्यासेज पठाएकी थिइन् । तर, युक्रेनकी नागरिक साथीले चपचाप पुलिसमा गएर आफूलाई अपमान गरिएको भन्दै उजुरी दिएकी थिइन् ।

मानव संसाधन व्यवस्थापकको रुपमा काम गर्ने आरोपी बेलायती महिला बेलायत फर्किन खोज्दा गत शनिबार उनलाई रोकिएको थियो । अब उनकी साथीले उजुरी फिर्ता लिन नमानेसँगै बेलायती महिलाले जेल अथवा भारी जरिवानाको सजाय पाउने भएकी छिन् । बेलायती महिला अहिले धरौटीबा बाहिर छिन् तर उनीसँग पैसा र बस्ने ठाउँ छैन ।

उनी २०१८ देखि दुबइमा छिन् । उनले यसअघि नै परिवारलाई फिर्ता पठाइसकेकी छिन् र अब आफू पनि बेलायत फर्केर नयाँ काम गर्ने योजनामा थिइन् । आफ्नो नाम नखुलाउने गरी ती महिलाले द सनसँग भनिन् ‘मैले साथीलाई उजुरी फिर्ता लिन आग्रह गरें तर उनले यो आपराधिक केस हो भनिन् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *