आमहड्ताल सफल भएको प्रचण्ड-नेपाल समूहको दाबी, दिनभर के के भए?

डिसी नेपाल
२२ माघ २०७७ १८:४७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले बिहिबारको आमहड्ताल सफल भएको दाबी गरेको छ।

नेकपा प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै आमहड्तालमा प्राप्त सर्मथनले उत्साहित बनाएको उल्लेख गरेका छन् ।

बिहिबार देश व्यापीरूपमा आम हडतालको आयोजना अन्तर्गत नेकपाले रत्नपार्क स्थित रणदिप चोक पुलमुनी बिरोध तथा समापन सभा कार्यक्रम गरेको थियो।

आम हडताल कार्यक्रममा नेकपाका प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायण काजी श्रेष्ठ, पूर्वगृहमन्त्री तथा स्थायी समिति सदस्य जनार्दन शर्मा, रामकुमारी झाँक्री, अनेरास्ववियुका सहसंयोजक रन्जित तामाङ, जीवनराम श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

उक्त आम हडतालका क्रममा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य बिहानै ६ बजे कलंकीबाट गिरफ्तार भएकी थिइन् भने। त्यहीबाट हितमान शाक्य, बिजय पौडेल, अमृता थापालगायत पनि पक्राउ परेका थिए।

नेकपा प्रचण्ड-नेपाल समूहले पक्राउ गरेका नेताकार्यकर्ताहरुलाई आजै रिहा नगरे भोलिको पन्चर्यालीमा आक्रमण गर्ने चेतावनी समेत दिएको




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *