ओलीलाई काम गर्न नदिइएको सत्य हो तर, प्रतिनिधिसभा नै विघटन गर्न हुँदैनथ्योः मोहन वैद्य

डिसी नेपाल
२२ माघ २०७७ २३:४९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कम्युनिष्ट आन्दोलनबाट विचलित भएको बताएका छन् ।

डिसी नेपालसँगको कुराकानीमा वैद्यले भने, ‘सुरुको अवस्थामा हाम्रो सहकार्य हुन्जेल उहाँ (प्रचण्ड) ठिकै हुनुहुन्थ्यो, पछिल्लो चरणमा आएपछि उहाँमा एउटा विचलन आएको छ। जसले गर्दा उहाँले कम्युनिष्ट राजनीति सम्पूर्ण छोडदै जानुभयो।’

महासचिव वैद्यले नेपालका अब कम्युनिष्ट पार्टी नै नरहेको बताएका छन् । ‘पुरानो राज्यसत्ता र संसदीय व्यवस्थालाइ स्वीकारेर गइसकेपछि त्यसलाइ कसरी कम्युनिष्ट भन्ने ?’ उनले प्रश्न गरे।

उनले प्रतिनिधिसभा विघटनले गर्दा संसदीय व्यवस्था नै असफल भएको दाबी गरेका छन्। ‘प्रतिनिधिसभा विघटनको अवस्था आफ्नै पार्टीभित्रको अन्तरकलहबाट आएको हो।’ उनले भने,‘ यसले संसदीय व्यवस्थामाथि नै प्रश्न चिन्ह उठ्ने स्थिति आयो।’

नेकपामा अन्तरकलह आउनुमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड दुवैजनाको उत्तिकै भूमिका रहेको वैद्यको बुझाई छ। ‘ओलीजीले मलाई पार्टीभित्रैबाट काम गर्न दिइएन भन्नु्भएको छ, यो कुरा सत्य हो तर, प्रतिनिधिसभा नै विघटन गर्न हुँदैनथ्यो।’
ओलीलाई पार्टीले नै संसदीय दलको नेता बनाएर प्रधानमन्त्री बनाएको हुनाले पार्टीको निर्णय मान्नुपर्ने उनको भनाई छ।

वर्तमान राजनीतिक घट्नामा प्रतिनिधिसभा पुनःस्थापना र मध्यावधि निर्वाचनमा आफ्नो खासै चासो नरहेको उनले बताए।

भिडियो




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *