नारायणहिटीअगाडि प्रधानमन्त्रीको आमसभा चलिरहँदा पानी परेपछि…

डिसी नेपाल
२३ माघ २०७७ १३:२७

काठमाडौं। नेकपा (ओली समूह) ले आज राजधानीम शक्ति प्रदर्शन गरिरहेको छ। नारायणहिटी दरबार संग्रहालयअगाडि सभा चल्दै गर्दा पानी परेको छ । यद्यपि पानी सिमसिम परेकोले सभालाई त्यति असर गरेको छैन । राजधानीको तापक्रम भने घटेको छ र जाडो बढेको छ । पानी ठूलो परेमा भने सभालाई केही असर पर्न सक्ने देखिएको छ ।

‘अराजकताको अन्त्य, भौगोलिक अखण्डा, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नारायणहिटी दरबार अगाडि आमसभा भइरहेको छ । नेकपा वाग्मती प्रदेश संगठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले सभामा काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशका १३ जिल्ला र देशभरिबाट पार्टी नेता, कार्यकर्ता र समर्थक आएको बताए।

सभा सम्पन्न गर्न पार्टी काठमाडौँ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठका संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ । मध्याह्न १२ बजेदेखि सुरु भएको सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत नेताले सम्बोधन गर्दैछन् । सभा हुनुभन्दा अगाडि काठमाडौँ उपत्यकाका १६ स्थानबाट जुलुस निकालिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *