प्रतिनिधिसभा विघटनविरुद्धमा पेशाकर्मी र श्रमिकको साङ्केतिक विरोध
काठमाडाैं । प्रतिनिधिसभा विघटनविरुद्धमा नेपाली काँग्रेस आबद्ध पेशाकर्मी तथा श्रमिकद्वारा मुुलुकभर आज साङ्केतिक विरोध प्रदर्शन गरिएको छ।
भौतिक दूरी कायम गरी कालो मास्क र कालोपट्टी लगाई विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका पेशाकर्मी र श्रमिकले मौन विरोध प्रदर्शन गरेका हुुन्। सोही क्रममा विरोधस्वरुप प्ले कार्ड, कालोपट्टी र कालो मास्क लगाएका समूूहद्वारा काठमाडाैँको टुँडिखेललाई केही समय मानवसाङ्लो बनाई घेराउ गरिएको थियो।
प्ले कार्डमा ‘प्रतिनिधिसभाको पुुर्नबहाली गर, संवैधानिक सर्वाेच्चता कायम गर, सामाजिक भत्ता लागू, आमनागरिकलाई निःशुुल्क खोप यथाशीघ्र वितरण, सबै श्रमिकको स्थानीय तहमा पञ्जिकरण र न्यूूनतम पारिश्रमिक निर्धारण गर’ जस्ता माग लेखिएको थियो।
उक्त विरोध प्रदर्शन नेपाल ट्रेड युुनियन काँग्रेस, नेपाल शिक्षक सङ्घ, नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसन, नेपाल सांस्कृतिक सङ्घ, प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपाल, प्रजातन्त्रवादी चिकित्सक सङ्घ र नेपाल प्रेस युनियनलगायतका सङ्घसंस्थाको अगुुवाइमा भएको हो। विरोध प्रदर्शन गर्नुअघि ती सङ्गठनले कार्यक्रमलाई सहयोग, समर्थन र ऐक्यबद्धताका लागि सबै तह र तप्कासँग अपिल गरेका थिए।रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment