त्रिभुवन आर्मीलाई उपाधि

रासस
२४ माघ २०७७ २२:५४

महोत्तरी । महोत्तरीको भङ्गाहा नगरपालिकामा सम्पन्न मेयर गोल्डकप फुटवल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । एपिएफ (सशस्त्र प्रहरी बल) क्लबसँगको आज भएको फाइनल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले २—१ को अन्तरले जीत हासिल ग¥यो ।

भङ्गाहा नगरपालिकाको आयोजना र नेशनल युथ क्लव भङ्गाहा–५ को सहआयोजनमा माघ १६ गते शहीद दिवसका अवसरमा शुरु भएको प्रतियोगितामा मुलुकभित्रका आठ टिम सहभागी थिए । विजयी टिम र उपविजेतालाई जनता समाजवादी पार्टी नेपालका केन्द्रीय नेता तथा पूर्वमन्त्री शरदसिंह भण्डारीले पदक र नगद पुरस्कार प्रदान गरे । प्रतियोगितामा प्रथम हुनेलाई पाँच लाख र उपविजेता टिमलाई दुई लाख नगद पुरस्कार प्रदान गरिएको हो ।

माघ १६ गते एन्फाका अध्यक्ष कर्माछिरिङ् शेर्पाले उद्घाटन गरेको प्रतियोगिता आज नेता भण्डारीले पदक तथा नगद पुरस्कार प्रदान गर्दै सम्पन्न भएको हो । भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जिवकुमार साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *