‘रोज डे’ मा पनि फूल पसल सुनसान
काठमाडौं । हरेक बर्ष फेब्रुअरी ७ बाट प्रणय दिवसको सप्ताह सुरु हुन्छ । आज पहिलो दिन ‘रोज डे’ । रातो गुलाबलाई पे्रमको प्रतीक मानिन्छ त्यसैले आज प्रेमीप्रेमीकाबीच मायासँगै गुलाब साटासाट गर्ने चलन छ ।
स्वभावीक रुपमा आज फूलपसलहरुमा बाक्लो चहलपहल हुने गथ्र्यो, तर आज पसलहरु सुनसान देखिन्थे । हरेका वर्ष प्रणयदिवस सुरु भएसँगै उत्साहित हुने फूल व्यापारीहरु यसपटक भने निराश देखिन्थे । त्रिपुरेश्वरका व्यापारीहरुले डिसी नेपाल सँग गुनासो गरे, ‘फेबु्रअरी ७ भने पछि उत्साहित हुन्थ्यौँ तर यस्पाली घर भाडा तिर्न पनि सकेका छैनौँ ।’

एभरग्रिन फुल पसलका संचालक कल्याण श्रेष्ठका अनुसार कोरोनाका कारण सबै वर्ग समुदायलाई आर्थीक संकट सृजना गरायो । ‘हामी पसलेहरुले अब पसल छाड्ने अवस्था आएको छ । आजभोली मुस्किले हजार रुपैयाँको पनि बिक्री हुँदैन ।’ उनले भने, ‘फुल अन्य सामानभन्दा संवेदनशिल हुन्छ, ओईलिहाल्ने भएकाले जोगाउन पनि मुस्किल पर्छ । ओईलिएको फुल अन्य काममा प्रयोग हुँदैन आज रोज डे भए पनि कोरोना भन्दा अगाडीको सामान्य दिनहरु जति पनि बिक्री भएको छैन । यस्तै अवस्था भईरहने हो भने फुल व्यपारी सबै बिस्तापित हुन सक्छ ।’

‘भ्यालेन्टाईन डे सुरुभयो आज धेरै फुल बिक्री हुन्छ भनेर फुल आयात गरेको थियौँ तर आज पनि सोचे जति व्यापार भएन अब त्यो ओईलिजाने फुलले साँवा नि उठ्दैन’ अर्का व्यापारी कार्तीक रायले गुनासो गरे ।



No ads found for this position


डिसी नेपाल
Facebook Comment