संवैधानिक नियुक्तिमा हाम्रो पार्टीका कोही पनि छैनन् : डा. महत

डिसी नेपाल
२५ माघ २०७७ १७:५३

वासिंगटन डिसी । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री ओलीसहित सर्बोच्चका प्रधानन्यायाधीश चालेन्द्रशमशेर राणासहितको संबैधानिक परिषद्ले सिफारिस गरेर नियुक्त गरेका संबैधानिक अंगका प्रमुख र सदस्यहरुमा नेपाली कांग्रेसका मानिस कोही पनि नपरेको बताएका छन् । ओली सरकारले गरेका संबैधानिक नियुक्तिमा आफ्नो दलको सिफारिस गरेकोबारे सोधिएको प्रश्नको उत्तर दिंदै उनले कांग्रेसका मानिस कोही पनि नपरेको बताए ।

नेपाल राजनीतिकरुपमा अन्योलमा फसिरहेको बेला नेपाली काँग्रेसको भूमिका ,योजना ,र कार्यनीतिका सेरोफेरोमा रहेर डिसी नेपालले नेपाली कांग्रेसका सहमहामन्त्री डा. महतसँग बिशेष अन्तर्वार्ता गरेको छ । कुराकानीको क्रममा प्रधानमन्त्रीको संसद बिगठनको कदमलाई उनले असंवैधानिक हो भने र नेपाली काँग्रेस त्यो विषयमा स्पस्ट रहेको कुरा बताए ।

संसद पुनःस्थापना भए त्यस्को स्वागत गर्ने पनि उनले बताएका छन । सो बिषय सर्बोच्चमा पुगिसकेको हुनाले सर्बोच्चको निर्णय पर्खनुको बिकल्प नरहेको पनि उन्ले स्पस्ट परेका छन् ।

असंबैधानिक कदम पनि भन्ने अनि बिरोध गर्न पनि किन डराउँनुभएको भन्ने प्रश्नमा उनले भने— हामी बिरोध गर्छौ तर गालीगलौच हुल्दङ्गा र तोड्फोड गर्दैनौं । नेपाली काँग्रेसको संस्कार त्यस्तो नरहेको कुरा राख्दै उनले थपे— हाम्रो बिरोध कमजोर हुनाले नेकपा अराजक हुँदै गयो ।

यदि सर्बोच्चले चुनावको पक्षमा फैशला गरे काँग्रेस चुनावमा जाने कुरा उनले स्पस्टसंग राखेका छन् । संसद पुनःस्थापना भएमा नेकपाको कुन खेमासंग मिलेर सरकारमा जानुहुन्छ भन्ने प्रश्नको उत्तर दिंदै उनले भने—‘हामी सरकारमा जादैनौं । नेकपा बिभाजन पनि भइनसकेको र उनीहरुको चरित्र मिल्ने फुट्ने भएको हुँदा काँग्रेस उनीहरुसंग सहकार्य गरेर बेवकुफ बन्दैन ।’ उनले नेकपाको सरकार अलोकतान्त्रिक भएको दावी पनि गरे ।

देउवाको बचाउ

पार्टीको आन्तरिक कलहलाई कोट्याउँदा उनले पार्टी सभापतिको बचावट गर्दै भने— सभापतिले हरेक निर्णय गर्दा सबैलाई सोधेर मात्र गर्ने गर्नु भएको छ । उहाँ सबैलाई मिलाएर लैजान कोसिस गरिरहनु भएको छ । महधिबेशनका लागि सकृय सदस्यहरुको नमावली संकलन भैरहेको र छिट्टै महाधिबेशन गरिने छ ।

नेपाली काँग्रेसलाई जनताले साथ दिन थालेका र नेकपाको बिभाजनले काँग्रेसलाई फाइदा नै भएको कुरासमेत उनले राखे । संबैधानिक नियुक्तिप्रति काँग्रेसको धारणा के छ ? भन्ने प्रश्नमा उनले भने— नियुक्तिमा कांग्रेसको सहमती छैन । तपाई निकटका मान्छेलाई किन फिर्ता बोलाउनु हुन्न त ? भन्ने प्रश्नको उत्तर दिँदै उनले भने— नियुक्ति हुने कोही पनि हाम्रा पार्टिका हैनन् ।

हेर्नुहोस् पूरै अन्तर्वार्ता




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *