महाकाली नदीमा फसेका १६ जनाको सकुशल उद्धार

डिसी नेपाल
२७ माघ २०७७ १७:१९

कञ्चनपुर । भिमदत्त नगरपालिका १२ भुजेलाघाटस्थित महाकाली नदीको टापुमा फसेका १६ जनाको मंगलबार बिहान प्रहरीले सकुशल उद्धार गरेको छ ।

उक्त स्थानमा मलामी गएको अवस्थामा भारतको टनकपुरस्थित एन.एच.पी.सी.द्वारा टनकपुर पावर हाउसको पानी सफाई गर्नका लागि महाकाली नदीमा पानी छाडेपछि पानीको बहाब बढ्न गई उनीहरु नदीको बीच भागको टापुमा फसेका थिए ।

घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले उनीहरुको सकुशल उद्धार गरेको हो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *