५ लाखको सेक्स डल चोरेर भाग्दा टाउको भाँचियो, चोरले टाउको छाडेर शरीर लिएर भागे

डिसी नेपाल
२९ माघ २०७७ १६:३७

काठमाडौं। अस्ट्रेलियाको एक पसलबाट जीवित मानिसको आकारको सेक्स डल चोरी भएको छ । मेलबर्न शहरमा भएको यो पसलबाट दुई चोरे आधा रातमा एक सेक्स डल चोरी गरेका छन् जुन घटना सीसीटिभी क्यामेरामा रेकर्ड भएको छ । डेलीस्टारको रिपोर्टअनुसार यो सेक्स डलको नाम किट्टी हो र यसको मूल्य ४ हजार ५ सय डलर (सवा ५ लाख नेपाली रुपैयाँ) थियो । यो डलको तौल करिब ४५ किलो थियो ।

चोरहरुले फलामको डण्डीले पसलको झ्याल फुटाएर पसलमा पसेका थिए । यी चोरहरुले डलका साथै १० हजार डलर बराबरका भाइब्रेटरसहितका अन्य यौनसम्बन्धि सामग्रीहरु चोरी गरेका छन् । पुलिसका अनुसार चोर पसलबाट डल लिएर बाहिर निस्किँदा हडबडीमा डलको टाउको ढोकामा ठोक्किएर टाउको छुट्टिएको सीसीटिभीमा देख्न सकिन्छ । चोरले टाउको छोडेर बाँकी शरीर मात्रै लिएर फरार भएका छन् । पुलिसका अनुसार १६८ सेन्टिमिटर अग्लो यो डलको टाउको पसलको पार्किङमा भेटिएको छ ।

अस्ट्रेलियामा सेक्स डल चोरी भएको यो पहिलो घटना होइन । यसअघि पनि २०१७ मा चोरहरुले डोरोथी नामको सेक्स डल चोरी गरेका थिए । डोरोथीको मूल्य पनि किट्टीको बराबर ४ हजार ५ सय डलर थियो । पछिल्लो समय सेक्स डल चर्चामा छन् । केही महिनाअघि कजाखस्तानका एक बडीबिल्डरले पनि सेक्स डलसँग बिहे गरेर चर्चामा आएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *