भारतका लागि नेपाली राजदूत आचार्य र विहारका मुख्यमन्त्री नितिश कुमारबीच भेटवार्ता

डिसी नेपाल
३० माघ २०७७ १३:२४
120
Shares

काठमाडौं । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले विहारका मुख्यमन्त्री नितिश कुमारसँग भेटघाट गरेका छन्। आचार्यले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूले नितिशकुमारलाई भेटेको जानकारी गराएका छन्।

उनले ट्वीटरमा भनेका छन्, ‘विहारका मुख्यमन्त्रीसँग न्यानो र सौहार्दपूर्ण भेट भएको छ।’ उनले नेपाल र भारतबीचको मित्रता र सहकार्य सुदृढिकरण हुने पनि बताएका छन्।

नेपालको पूर्वी- दक्षिणी सीमासँग जोडिएको विहार राज्यका मुख्यमन्त्रीसँगको भेटघाटले सीमावर्ती क्षेत्रमा सम्बन्ध सुधार हुने विश्वास व्यक्त गरिएको छ।

यसअघि भारत सरकारले नेपाललाई १० लाख डोज कोरोनाको खोप उपहार दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *