प्रचण्डको वरिपरि हिँड्ने कालो सुटधारी स्नाइपरहरु को हुन्?

डिसी नेपाल
३ फागुन २०७७ १२:५९

काठमाडौं। कालो सुट, कालो चस्मासहित ज्यानपरेका ६ जना युवा रातो नम्बर प्लेट भएको स्कोर्पियो गाडीबाट फुत्त निस्कछन्। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सरकारी सुरक्षाकर्मीभन्दा पहिला नै यो टोलीले प्रचण्डको गाडी रोकिएपछि घेरा हल्छन् र प्रचण्डलाई गाडीबाट उत्रँदा वरिपरीको सबै निगरानी गर्छन्।

टेलिभिजनका पर्दामा उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनले आफ्ना निम्ति खटाएका स्नाइपर कमाण्डो टोली जसरी उनको सुरक्षामा खटिएको देखिन्छन् त्यस्तै शैलीमा प्रचण्डको स्नाइपर टोली खटिएको देखेपछि उनको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरु पनि केही दिनदेखि अन्यौलमा छन्।

प्रचण्डका वरिपरि बा ९ प ६३९९ नम्बरको रातो नम्बर प्लेटको स्कोर्पियो गाडीमा देखिएका काला सुटधारी स्न्याइपर कमाण्डोहरु को हुन्? राज्यका सुरक्षा निकायहरुलाई आधिकारिकरुपमा थाहै नदिई प्रचण्डको रक्षाका लागि खटिएका यी कमाण्डोहरु कसको नियन्त्रण, रेखदेख र कमाण्डमा छन्? सार्वजानिक भएको छैन। स्रोतअनुसार, यो टोली गएको बुधबारदेखि प्रचण्डको साथमा देखिएको छ।

प्रचण्डका वरिपरि बा ९ प ६३९९ नम्बरको रातो नम्बर प्लेटको स्कोर्पियो गाडीमा देखिएका काला सुटधारी स्न्याइपर कमाण्डोहरु को हुन्? राज्यका सुरक्षा निकायहरुलाई आधिकारिकरुपमा थाहै नदिई प्रचण्डको रक्षाका लागि खटिएका यी कमाण्डोहरु कसको नियन्त्रण, रेखदेख र कमाण्डमा छन्? सार्वजानिक भएको छैन।

यी को हुन्? कहाँबाट ल्याइएका हुन्? सादा पोशाकमा सरकारकै कुनै सुरक्षा निकायले प्रचण्डलाई गुन लगाउन खटाइदिएका हुन् कि? वा आफ्नो सुरक्षाका लागि सरकारी संयन्त्रको विश्वास गर्न नसकी प्रचण्डले यसबीचमा अन्त कतै तालिम गराएर आफैंले तयार गरेका लडाकू हुन् कि? यसबारे गृहमन्त्रालयसमेत बेखवर छ।

गृह मन्त्रालयको एक उच्चस्रोतले भन्यो, ‘त्यस्ता कमाण्डोहरु राखिएका छन् र प्रचण्डको अघिपछि हिँड्ने गर्छन् भन्ने बल्ल सूचना पाएका छौं, ती को हुन् भन्ने बुझ्दै छौं।’ भीभीआईपीका नाममा राष्ट्रका सुरक्षाकर्मीहरुको दुरुपयोग भएको र आवश्यकताभन्दा बढी सुरक्षाकर्मीहरुलाई भाडा मजाउनेसमेतको काममा लगाएकोमा बर्षौंदेखि विरोध हुँदै आएको थियो।

जनताको यो दबाबलाई सम्बोधन गर्दै सरकारले पूर्वराजादेखि पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरुसमेतको घरमा खटिएका सुरक्षाकर्मीहरु कटौति गर्ने गरी कार्यविधि बनाई लागू गरेको छ। यसरी फिर्ता गराउंदा प्रचण्डको सुरक्षामा खटिएका ५६ जना सुरक्षाकर्मी फिर्ता भएका छन्।

उनले आवश्यकताभन्दा ५६ जनाभन्दा बढी सुरक्षाकर्मीहरु लिएको देखिएपछि ती फिर्ता गरी जम्मा १८ जना सुरक्षाकर्मीहरुमात्र प्रचण्डको सुरक्षामा खटाइएका छन्। उनले सुरक्षाकर्मीका लागि प्रयोग गर्दै आएको प्रहरीको अगुवा गाडी पनि फिर्ता गराइएको छ।

पूर्वप्रधानमन्त्रीको हैसियतमा माधवकुमार नेपालको सुरक्षार्थ १८ जना नै खटिंदै आएकोले उनको निवासबाट कसैलाई पनि फिर्ता गर्नु नपरेको गृह स्रोतले बताएको छ। आवश्यकताभन्दा बढी सुरक्षाकर्मी लिएकोमा पूर्वउपप्रधानमन्त्री वामदेव गौतमको निवासबाट पनि केहीलाई फिर्ता गरिएको छ। गौतमका लागि २ जना मात्र सुरक्षाकर्मी दिइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *