भ्यालेन्टाइन डेटिङअघि गुप्तांग ठूलो बनाउन भन्दै स्टिलको रिंगभित्र छिराएपछि…

डिसी नेपाल
४ फागुन २०७७ १७:००

काठमाडौं। भ्यालेन्टाइन डेका दिन एक महिलासँग भेट्दा आफ्नो गुप्तांग ठूलो होस् भन्ने चाहनाले एक युवकले आफ्नो गुप्तांगलाई स्टिलको रिंगभित्र छिराए । तर, यसो गर्दा उनको गोप्य अंग २ दिनसम्म खतरनाक तरिकाले सुन्निएपछि उनलाई तत्काल अस्पताल पुर्याउनुपरेको छ । द सनको रिपोर्टअनुसार थाइल्याण्डको राजधानी बैंककका यी युवाले डाक्टरहरुसँग आफूले आइतबार एक महिलालाई भेट्ने तय भएको र आफूले उनलाई प्रभावित पार्न चाहेको बताएका छन् ।

युवकका अनुसार उनले अंगमा रगतको दबाब बढाएर ठूलो र कडा बनाउन रिंग प्रयोग गर्न सकिने कुरा सुनेका थिए । त्यसैले उनले आफ्नो टुलबक्समा रहेको ३ सेन्टिमिटर फराकिलो रिंगमा तेल प्रयोग गरेर आफ्नो गुप्तांग छिराए । तर, भोलिपल्ट उनको गुप्तांग निकै पीडादायी तरिकाले सुन्नियो र उनले रिंग निकाल्न सकेनन् । शुक्रबार बिहानदेखि रिंग उनको अंगमा अड्किएको थियो र शनिबार अपरान्हसम्म उनले यसलाई निकाल्न नसकेपछि इमरजेन्सीमा फोन गरेका थिए ।

उनले उद्धारकर्ताहरुसँग भने ‘मेरो अंग नै काट्नुपर्छ कि भनेर म निकै डराइरहेको थिएँ । यो निकै सुन्निएको थियो र मलाई त फुट्छजस्तो लागेको थियो ।’ रिंग काटेर उनलाई बचाउन उद्धारकर्ताहरुलाई पूरा ६० मिनेट लागेको थियो । उनलाई केही एन्टिबायोटिक्स र सुन्निने घटाउने क्रिम दिइएको छ । उद्धारकर्ताका अनुसार ती युवक एक घण्टा लामो रिंग काट्ने प्रक्रियाका क्रममा पीडाले रोएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *