विश्वमा कोरोना : संक्रमितको संख्या ११ करोड बढी, साढे ८ करोड निको भए

डिसी नेपाल
५ फागुन २०७७ ७:०४

काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या ११ करोड बढी पुगेको छ। साढे ८ करोडले कोरोनाको संक्रमणबाट मुक्ति पाएका छन्। वल्र्डोमिटरको रेकर्ड अनुसार हालसम्म विश्वभरमा ११ करोड १५ हजार ९ सय ८९ जना कोरोनाका संक्रमित पुगेका छन्।

विश्वमा कोरोनाको संक्रमणबाट सबै भन्दा बढी प्रभाव अमेरिकामा परेको छ। अमेरिकामा हालसम्म २ करोड ८३ लाख, ७६ हजार ८ सय ५ पुगेको छ। गत २४ घण्टामा मात्र ५८ हजार बढी संक्रमित थपिएका छन्।

अमेरिकामा ४ लाख ९९ सय हजार ७ सय ७८ जनाको कोरोनाका कारण मृत्यु भएको छ। गत २४ घण्टामा १ हजार ५ सय बढीले कोरोनाका कारण ज्यान गुमाए। हालसम्म अमेरिकामा १ करोड ८४ लाख ७८ हजार ४ सय २६ जनाले कोरोनाको संक्रमण जितेका छन्।

यस्तै, अमेरिकापछि भारतमा कोरोनाको प्रभाव देखिन्छ। भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ करोड ९ लाख ३७ हजार १ सय ६ पुगेको छ। भारतमा गत २४ घण्टामा ११ हजार बढी संक्रमित थपिएका छन्। हालसम्म भारतमा १ करोड ६ लाख ४२ हजार ९ सय ३ जनाले कोरोनाको संक्रमण जितेका छन्।

भारतमा हालसम्म कोरोनाको कारण १ लाख ५५ हजार ९ सय ४९ जनाको मृत्यु भएको छ। गत २४ घण्टामा मात्र भारतमा कोरोनाका कारण १ सय बढीको ज्यान गएको छ। भारतमा १ लाख ३८ हजार २ सय ५४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् भने ८ हजार ९ सय ४४ जना गम्भिर रहेका छन्।

कोरोनाको प्रभाव पर्ने मुलुकहरुको तेस्रो स्थानमा आउँछ ब्राजिल। हालसम्म ब्राजिलमा ९९ लाख २१ हजार ९ सय ८१ जना कोरोनाका संक्रमित रहेका छन्। २ लाख ४० हजार ९सय ८३ जनाको कोरोनाबाट मृत्यु भएको ब्राजिलमा गत २४ घण्टामा ५५ हजार थपिए भने १ हजार बढीको ज्यान गयो।

यस्तै, रसियामा ४० लाख ९९ हजार, यूकेमा ४० लाख ५८ हजार, फ्रान्समा ३४ लाख ८९ हजार, स्पेनमा ३० लाख ९६ हजार, इटालीमा २७ लाख ३९ हजार, टर्किमा २६ लाख २ हजार, जर्मनीमा २३ लाख ५२ हजार, कोलोम्बीयामा २२ लाख २ हजार, र अर्जेन्टिनामा २० लाख ३३ हजार बढी कोरोनाका विरामीहरु रहेका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *