ग्रीनलाइफको आइपीयोमा १० लाखको हात रित्तो, दुई जना भए डबल लक्की

डिसी नेपाल
७ फागुन २०७७ १२:३३

काठमाडौं। ग्रीनलाइफ हाइड्रोपावरले सर्वसाधारणमा बिक्री गरेको आइपीओ शुक्रबार बाँडफाँड भएको छ। बिक्री प्रबन्धक बिओके क्यापिटलले आवेदन दिएका कुल लगानीकर्तामध्ये ३ लाख २५ हजार १ सय ६५ जनालाई प्रतिव्यक्ति १० कित्ताका दरले बाँडफाँट गरिएको जनाएको छ।

कम्पनीको आइपीयो १० कित्ताका दरले बाँडफाँटपश्चात बाँकी रहेको २ कित्ता सेयर बाँकी प्रतिव्यक्ति १ कित्ताका दरले दुई लगानीकर्तामा डबल गोलाप्रथामार्फत बाँडफाँट गरिएको छ।

३ लाख २५ हजार १ सय ६३ जना आवेदकले १० कित्ता पाएका छन्, भने २ जनाले ११ कित्ता पाएका छन्।हाइड्रोपावरको आइपीओमा १३ लाख २२ हजार ९ सय ७१ जना आवेदकले आवेदन दिएका थिए।

मागभन्दा धेरै आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताका दरले सेयर वितरण गरिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *