ग्रीनलाइफको आइपीयोमा १० लाखको हात रित्तो, दुई जना भए डबल लक्की

डिसी नेपाल
७ फागुन २०७७ १२:३३
432
Shares

काठमाडौं। ग्रीनलाइफ हाइड्रोपावरले सर्वसाधारणमा बिक्री गरेको आइपीओ शुक्रबार बाँडफाँड भएको छ। बिक्री प्रबन्धक बिओके क्यापिटलले आवेदन दिएका कुल लगानीकर्तामध्ये ३ लाख २५ हजार १ सय ६५ जनालाई प्रतिव्यक्ति १० कित्ताका दरले बाँडफाँट गरिएको जनाएको छ।

कम्पनीको आइपीयो १० कित्ताका दरले बाँडफाँटपश्चात बाँकी रहेको २ कित्ता सेयर बाँकी प्रतिव्यक्ति १ कित्ताका दरले दुई लगानीकर्तामा डबल गोलाप्रथामार्फत बाँडफाँट गरिएको छ।

३ लाख २५ हजार १ सय ६३ जना आवेदकले १० कित्ता पाएका छन्, भने २ जनाले ११ कित्ता पाएका छन्।हाइड्रोपावरको आइपीओमा १३ लाख २२ हजार ९ सय ७१ जना आवेदकले आवेदन दिएका थिए।

मागभन्दा धेरै आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताका दरले सेयर वितरण गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *