बहराइन जाने व्यक्तिलाई दुई वटा पीसीआर परिक्षण अनिवार्य

डिसी नेपाल
७ फागुन २०७७ १४:३२
208
Shares

काठमाडौं। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै बहराइनको स्वास्थ्य मन्त्रालयले आप्रवासीहरुको लागि थप पीसीआर परिक्षण अनिवार्य गरेको छ।

बहराइनको मनामा रहेको नेपाली राजदूतावासका अनुसार यसअघि परिक्षण गर्नुपर्ने प्रावधान रहेता पनि २२ फेब्रुअरीबाट लागू हुने गरी एउटा पीसीआर परिक्षण थप गरिएको हो।

बहराइन जानेहरुले विमानस्थलमै एक पटक, पुगेको पाँचौ दिनमा तथा १० दिनभन्दा बढी समय बहराइनमा व्यतीत गर्नेले दशौं दिनमा पुनः एक पटक परिक्षण गर्नुपर्ने छ।

त्यस्तै, बहराइन पुगेपछि ‘बीवेयर बहराइन’ डिजिटल एप डाउनलोड गर्नुपर्ने छ भने विमानस्थलमा गरिएको परिक्षण नतिजा प्राप्त नभएसम्म सेल्फ आइसोलेटमा बस्नुपर्ने छ। यदि परिक्षणमा संक्रमण देखिएमा त्यहाँको स्वास्थ्य मन्त्रालयले सम्पर्क गर्ने जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *