बक्सरको मुक्काले प्रतिद्वन्द्वी खेलाडी ४० दिनसम्म कोमामा !

डिसी नेपाल
८ फागुन २०७७ ११:२४

काठमाडौं। चर्चित बक्सन क्रिस इयुबैंक हालै आफ्नो पुरानो प्रतिस्पर्धालाई सम्झेर टेलिभिजन शोमा भावुक भए । क्रिस माइकल वाटसनसँगको एक फाइट सम्झेर भावुक भएका थिए । क्रिसले त्यो फाइटमा माइकल वाटसनलाई एक यस्तो मुक्का हानेका थिए जसले माइकल ४० दिनसम्म कोमामा पुगेका थिए । त्यो मुक्काले माइकललाई गम्भीर ब्रेन इन्जुरी भएको थियो । उनी ह्वीरचेयरको सहारा लिने स्थितिमा पुगेका थिए र ठिक भएपछि पनि कैयौं दिनसम्म बोल्न सकेका थिएनन् ।

डेली मिररको रिपोर्टअनुसार पियर्स मोर्गन लाइफ स्टोरिज नामक टेलिभिजन शोमा क्रिस इयुबैंक र माइकल वाटसनले ३० वर्ष पुरानो यो म्याचबारे कुरा गरेका हुन् । क्रिसले त्यो म्याचमा माइकललाई अपर कट हानेका थिए जसका कारण माइकल रिंगमै ढलेका थिएर गम्भीर घाइते भएका थिए । माइकललाई बचाउन ६ अपरेशन गर्नुपरेको थियो ।

पियर्स मोर्गनले क्रिससँग त्यो समय क्रिस, माइकल र यो खेल मन पराउनेहरुका लागि निकै कठिन भएको बताउँदै त्यतिबेलाका के यादहरु छन् भनेर सोधेका थिए । क्रिसले भने ‘मेरा कुनै यादहरु छैनन् । म अझै पनि बुझ्न सकिरहेको छैन कि त्यो कसरी भयो ? माइकलले जति निडरताका साथ आफूलाई सम्हाले र यति ठूलो दुर्घटनापछि पनि उनी आज हामीसँग छन् त्यो प्रशंशायोग्य छ ।’

क्रिसले भावुक हुँदै यो घटनाबारे माफी मागे र भने ‘आफ्नो बक्सिङ करिअरमा यही एकमात्र घटना हो जसको मलाई पछुतो छ ।’ दर्शकदीर्घामा बसेका माइकलले क्रिसलाई सम्झउँदै यो केवल एक दुर्घटना भएको बताए । क्रिसका अनुसार यो घटनापछि बक्सिङ खेलका नियम पनि बदलिएका थिए ताकि अरु कसैसँग यस किसिमको घटना फेरि हुन नपाओस् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *