पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई उपचार गर्न दिल्ली जाँदै, ट्यूमरको आशंका

डिसी नेपाल
९ फागुन २०७७ १०:११
348
Shares

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई स्वास्थ्योपचारका लागि आज भारतको राजधानी नयाँ दिल्ली जाँदैछन्।

भट्टराई आज नेपाल वायुसेवा निगमको जहाजबाट नयाँ दिल्ली जान लागेको डा भट्टराईको सचिवालयले जनाएको छ। पेटमा समस्या देखिएपछि लामो समयदेखि निदान अस्पतालमा उनको स्वास्थ्य परीक्षण तथा उपचार भइरहेको थियो।

अहिले चिकित्सकहरुले न्युरो–इन्डोक्राइनको ट्यूमर भएको आशंका गरेपछि उनी नयाँ दिल्ली उपचारका लागि जान लागेका हुन्। दिल्लीमा उनको उपचार ‘इन्स्टिच्युट अफ लिभर एण्ड विलिअरी आइन्सेस’ मा हुने बताइएको छ।

उपचारका क्रममा दिल्लीमा रहुन्जेल भट्टराई दिल्लीस्थित नेपाली दूतावासमा बस्ने भट्टराईको सचिवालयले जनाएको छ। उपचारका क्रममा उनकी पत्नी हिसिला यमी र प्रेस सल्लाहकार विश्वद्वीप पाण्डेसँगै रहनेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *