सात नयाँ अनुहार समेटदै अफगानिस्तान टेष्ट टोलिको घोषणा

डिसी नेपाल
९ फागुन २०७७ १२:१४

काठमाडौं । अफगानिस्तानले जिम्बाबवे विरुद्धको टेष्ट श्रृखंलाका लागि १९ सदस्यीय टोलिको घोषणा गरेको छ । अफगानिस्तान र जिम्बाबवेबीचको दुई खेलको टेष्ट श्रृखंला मार्च २ देखि यूएईमा सुरु हुनेछ । अफगानिस्तान टेष्ट टोलिको नेतृत्व अशगर अफगानले गर्नेछन । राशिद खानपछि उनी फेरी टेष्ट टोलिको कप्तान नियुक्त भएका छन । टेष्ट टोलिमा सात जना नयाँ खेलाडीले स्थान पाएका छन । अब्दुल मलिक, मुनिर अहमद ककर, शहिदुल्लाह कमाल, बहिर शाह मोहबूब, फजल हक फारुकी, सलीम साफी र जिया ऊर रहमान अकबल अलि नयाँ अनुहारको रुपमा टोलिमा स्थान पाएका छन ।

साएद अहमद शिरजादसँग पनि टेष्ट क्रिकेटको अनुभब छैन् । तर मध्यम गतिका बलर शिरजादले दुई अन्तर्राष्ट्रिय एकदिबसीय र चार टी ट्वान्टी म्याच खेलेका छन । उनले सन् २०१९ मा अन्तर्राष्ट्रिय क्रिकेटमा पदापर्ण गरेका थिए । टोलिका अन्य सदस्यहरुमा इब्राहिम जर्दन, रहमत शाह, जाभेद अहमदी, अफसर जजै, नासिर जमाल, राशिद खान, अमीर हाम्जा, सलीम साफी, वफादार मोमन्द रहेका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *