दूतावास अगाडिको लाइभ, जेलको बास र शिवको नेपाल फिर्ती

डिसी नेपाल
१० फागुन २०७७ ८:५३

युएई।  दश महिनाअघि खाडी पुगेर नौ महिनासम्म अनेको हण्डर, ठक्कर र केहीसमय त्यहाँको हिरासतको वाससमेत भोग्नु परेका बारा कलैयाका नेपाली युवा शिव बच्चन रौनियार बल्ल स्वदेश फर्किएका छन्।

युएईमा आफ्नो उद्धारको लागि प्रतीक्षारत शिव बच्चन रौनियार र अजय महतो केही दिनअघिमात्र नेपाल फर्किन सफल भएका हुन्। उनीहरु ९ महिनाको निकै दौडधुप, प्रतीक्षा र खिचातानी पश्चात् सकुशल नेपाल पुग्न सफल भएका छन्।

युएईमा भएका अनेकौं संघ संस्थाहरुले उनीहरुलाई उद्धारको प्रयास गरे पनि त्यो काम सफल हुन सकिरहेको थिएन। तर अहिले आफूहरु सकुशल नेपाल पुगेको खबर शिव बच्चन साह रौनियारले नेपाली मजदुर एकता समाजलाई जानकारी गराएका छन्।

कहालीलाग्दो १० महिना कलैया बाराका शिव बच्चन साह रौनियार र अजय महतो १० महिनाअघि काठमाडौंको स्पिरिङ नेपाल ह्युमन रिसर्च मेनपावरलाई एक लाख पचास हजार दरका हिसाबले पैसा तिरेर युएईको क्यास्टल फर सर्यामिक कम्पनीमा रोजगारको लागि पुगेका थिए।

तर यी दुई त्यहाँ काम गरेको दुई घन्टामै कामबाट निकालिए। एउटा काम भनी गएका तर त्यहाँ अर्को काम गर्न बाध्य भएपछि त्यो काम सम्बन्धि अनुभव नहुँदा उनीहरुले त्यो काम गर्न सकेनन्।

त्यस लगत्तै अर्को कम्पनीमा काम लगाउँदा अर्को कम्पनीको काममा दक्ष नहुँदा त्यो काम गर्न पनि सकेनन्। यहाँबाट लगिएको काममा उनीहरुले काम गर्न पाएनन्, अर्को काम उनीहरुले जानेनन्।

त्यसपछि उनीहरु नेपाल फर्किन कम्पनीसँग कुरा गर्न थालेपछि समस्याहरु थपिँदै गए। कम्पनीले उनीहरुलाई १२ हजार दिराम चार्ज लगायो जुन ती दुई श्रमिकलाई त्यो कम्पनीमा काम लगाएबापत कम्पनीबाट एजेन्टले १२ हजार दिराम कमिसन लिएको थियो।

‘त्यो फाइन तिर् अनि जा’ भनेपछि उनीहरुसँग त्यति पैसा थिएन भने एजेन्ट सम्पर्कविहीन भइदियो। केही सीप नलागेपछि उनीहरु राजदूतावासलाई सहयोग माग्न पुगे। तर त्यहाँबाट कुनै सहयोग पाएनन्। कम्पनीबाट निकालिएपछि उनीहरु गैरआवासीय नेपाली संघ युएईको सहयोगबाट खान बस्ने सुविधा पाए।

एक बोत्तल पानी दिएर सेल्फी ‘जिन्दगीमा बिदेश यात्रामा मैले धेरै देखे, भोगे कतिपय कुरा सिके, जेल जीवन भित्रको एक एक घटनाहरु अझै पनि ताजै छ’ उनले भाबुक हुँदै सुनाए। विदेश हुँदा आफूलाई सहयोग गर्छु भन्दै भेट्न आउने तर एक बोटल पानी किनेर दिई सेल्फी खिचेर आफूले पनि सहयोग गरेँ भनेर भाइरल बन्न खोज्ने ब्यक्तिहरु पनि भेटिएको कुरा बच्चन बताउँछन्।

केही समय उनीहरुको सहयोगमा बसे पनि उनीहरु घर जान भने सकिरहेको थिएनन्। लामो समयदेखि कहीं कतैबाट नेपाल जान सक्ने बाताबरण नभएपछि शिव बच्चन रौनियारले आफ्नो उद्धार हुन्छ कि भनी एकपटक बिबिसी न्युजमा लाइभ बोलेर सहयोग मागेका थिए।

तर त्यहाँबाट पनि उद्धार हुन सकेन। तर उनी बोलेको भिडियो भने भाइरल भएको थियो। डिसी नेपालले पनि उनको समस्या सार्वजानिक गर्दै दूतावास र नेपाल सरकारको ध्यानाकर्षण गराएको थियो।

त्यही भिडियोको कारण उनलाई चिन्ने र सहयोग गर्न खोज्ने धेरै आए। तर कसैको सहयोगबाट पनि उनीहरु नेपाल पुग्न सफल भएनन्। दुई पटकसम्म एअरपोर्ट पुगेर फर्केका उनीहरु कम्पनीले फाइन नतिर्दासम्म नेपाल फर्किन नपाउने भनेर उनीहरूलाई एअरपोर्टमा समेत रोक लगाइएको थियो। केही महिना युएई एनआरएनएको सहयोगमा बसे पनि पछि उनीहरु त्यहाँबाट निकालिएका थिए।


त्यसपछि उनीहरु नेपाल मजदुर एकता समाजसमक्ष सहयोगका लागि पुगे। त्यसपछिका दिनहरूमा मजदुर एकता समाजले उनीहरुलाई खान बस्न सहयोग गरेको थियो। समाजको पहलमा मेनपावर, कम्पनी तथा दूतावास सँग समन्वय गरी कम्पनीले उनीहरुलाई लगाएको फाइन मिनाहा गर्न सफल भएको थियो।

दूतावासको आग्रहमा पिसिआर टेस्ट गरी एअरपोर्टसम्म पुर्याउने काम युएईका नेपाली समाजबाट भएको थियो। उनीहरु पुरानै टिकटबाटै नेपाल फर्किन एअरपोर्ट पुगेका थिए तर त्यसपल्ट पनि उनीहरु उड्न पाएनन्। त्यसपछि उनीहरुलाई युएईको नेपाली समाजले खान बस्ने व्यवस्था गर्यो तर नेपाल फर्कन भने अझै संभावना भएको थिएन।

आफ्नो दुख नेपाल सरकारले नसुनेपछि एकदिन रौनियारले राजदूतावास अगाडि लाइभ गरेर आक्रोश पोखे। त्यो लाइभ निषेधित एरियाको उल्लंघन भयो भनेर उनी र उनको साथीलाई युएईको पुलिसले समाएर लग्यो। त्यसपछि उनी एक महिनासम्म सम्पर्कविहीन भएका थिए। एक महिना जेल बसाइपछि जेलबाटै उनीहरु सकुशल नेपाल पुग्न सफल भएको खबर रौनियारले घर पुगेपछि फोन गरी जानकारी गराएका छन्।


एक बोत्तल पानी दिएर सेल्फी ‘जिन्दगीमा बिदेश यात्रामा मैले धेरै देखे, भोगे कतिपय कुरा सिके, जेल जीवन भित्रको एक एक घटनाहरु अझै पनि ताजै छ’ उनले भाबुक हुँदै सुनाए। विदेश हुँदा आफूलाई सहयोग गर्छु भन्दै भेट्न आउने तर एक बोटल पानी किनेर दिई सेल्फी खिचेर आफूले पनि सहयोग गरेँ भनेर भाइरल बन्न खोज्ने ब्यक्तिहरु पनि भेटिएको कुरा बच्चन बताउँछन्।

‘विदेशमा रहेका विभिन्न संघ संस्थाहरु सहयोग र उद्धारको लागि खोलिएका भएपनि कतिपय संघ संस्थाहरुले राजनीति, पैसा र एक अर्काको खुट्टा तानातान गरेको देखें’, उनले भने–त्यो बिल्कुलै गलत रहेको र यसरी संचालन गरिएका संघ संस्थाहरु कहिले राम्रो नहुने र छोटो समयको लागि मात्र टिक्ने हुँदा आफ्ना काम कार्यहरुलाई सुधार गर्न उहाँहरुलाई मेरो आग्रह छ। ‘

विदेशमा लामो समय प्रतीक्षा गर्दा धेरै तिता मिठा अनुभव भोगेको र त्यस्ता कुराले धेरै पाठ सिकेको कुरा बच्चन बताउँछन्। यसरी लामो संघर्ष र खिचातानीका बीच पनि नेपाल फर्किन पाएकोमा रौनियार र महताले खुसी हुँदै युएई हुँदासम्म साथ दिने विशेषगरी नेपाल मजदुर एकता समाज, डिसी नेपाल, नेपाली समाज तथा अन्य सहयोगी दाताहरुलाई धन्यवाद दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *