मिलान पराजित हुँदा इन्टरलाई अग्रता
काठमाडौं । लौटेरो मार्टिनेजले दुई गोल गरेपछि एसी मिलानमाथि इन्टर मिलानले ३–० को जित हात पारेको छ । जितसँगै इन्टर मिलानले दोस्रो स्थानको एसी मिलानमाथि चार अङ्कको स्पष्ट अग्रता लिएको छ ।
इटाली सिरी ए अन्तगर्त गए राति अबेर सम्पन्न खेलमा लौटेरो मार्टिनेजले खेल सुरु भएको पाँचौं मिनेटमै हेडरमार्फत् गोल गर्दै १–० को अग्रता दिलाए । ज्लाटन इब्राहिमोभिकले एसी मिलानका लागि बराबरी गोल फर्काउन दुई पटक प्रयास गरेपनि घरेलु टोलिले सफल हुन दिएन । ५७ औं मिनेटमा मार्टिनेजले थप गोल गर्दै अग्रतालाई दोब्बर पारे । रोमेरो लुकाकुले दश मिनेटपछि गरेकाे गोल इन्टर मिलानलाई एसी मिलानमाथि ३–० को जित दिलाउन पर्याप्त भयो । जितसँगै इन्टर मिलानले २३ खेलबाट ५३ अङ्क पुर्याएको छ । एसी मिलानले सामान खेलबाट ४९ अङ्क जोडेको छ । तेस्रो स्थानको रोमाको ४४ अङ्क छ ।
Facebook Comment