महान्यायाधिवक्ता अग्नी खरेलले राजीनामा दिएको हल्लाको यस्तो छ वास्तविकता

डिसी नेपाल
११ फागुन २०७७ ११:०४

काठमाडौं। महान्यायाधिवक्ता अग्नी खरेलले राजीनामा दिएको भन्दै मंगलबार बिहानैदेखि फैलिएको हल्ला निराधार भएको पाइएको छ । मंगलबार बिहानै महान्यायाधिवक्ता खरेलले राजीनामा दिएको भन्दै सामाजिक संजालमा खबर फैलिएको थियो ।

खरेल निकट स्रोतले डिसीनेपालसँग भन्यो ‘उहाँले राजीनामा दिएको भन्दै हल्ला निराधार हो उहाँले राजीनामा दिनुभएको होइन । उहाँले राजीनामा दिएको भन्दै यस्तो हल्ला त यसअघि पनि दुई पटकसम्म फैलिएको थियो ।’ स्रोतका अनुसार खरेलले संसद विघटन सदर भएर निर्वाचन घोषणा भएको अवस्थामा भने राजीनामा दिन सक्नछन्।

स्रोतले भन्यो ‘उहाँ राजनैतिक प्राणी हो । निर्वाचन हुने बेला उहाँलाई पनि चुनाब लड्न मन लाग्दा । सार्वजनिक पदमा रहेर चुनाब लड्न पाइँदैन। त्यसैले उहाँले चुनाब लड्नको लागि त्यतिबेला भने राजीनामा दिनुहोला ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *