बिकिनी लगाउन रोक लगाइएपछि खेलाडीहरुले प्रतियोगिता नै बहिस्कार गरे

डिसी नेपाल
११ फागुन २०७७ १२:२६

काठमाडौं। जर्मनीका बीच भलिबल स्टार कार्ला बोर्गर र जुलिया सुडले अर्को महिना कतारमा हुन लागेको प्रतियोगिता बहिस्कार गर्ने बताएका छन् । कतारमा खेलाडीहरुलाई कोर्टमा बिकिनी नलाउन रोक लगाइने भएकोले आफूहरुले प्रतियोगिता बहिस्कार गर्न लागेको उनीहरुले बताएका छन् ।

एक जर्मन रेडियोसँग कुराकानी गर्दै कार्लाले भनिन् ‘हामी खेलको मैदानमा आफ्नो काम गर्न जान्छौं तर हामीलाई आफ्नो पेसाको कपडा लगाउन रोक लगाइएको छ । यो एकमात्र देश हो र यो एकमात्र प्रतियोगिता हो जहाँ सरकारले हामीलाई आफ्नो काम कसरी गर्नुपर्छ भनेर सिकाइरहेको छ र हामी यसको आलोचना गर्छौं ।

द गार्डियनको रिपोर्टअनुसार यो प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई सर्ट र लामो ट्राउजर लगाउन भनिएको छ । जुलिया र कार्लाले भने यस विषयमा कतार प्रशासनको अनुरोध मान्न नसक्ने प्रस्ट पार्दै आफूहरुले यो प्रतियोगिता बहिस्कार गर्ने बताएका छन् । कार्लाले आफूहरु कुनै पनि देशको हिसाबले हाफूहरुलाई ढाल्न तयार भए पनि कतारमा निकै गर्मी हुने कारणले आफूहरुले खेलको क्रममा बिकिनीलाई नै प्राथमिकता दिने बताएकी छिन् ।

दोहामा गर्मी मौसममा तापक्रम अत्यन्तै बढी हुन्छ । मार्चको महिनामा पनि तापक्रा ३० देखि ३५ डिग्री सेल्सियस हुन्छ । जुलियाका अनुसार यसअघि पनि कतारमा महिला खेलाडीहरुले खेलको हिसाबले कपडा लगाएका थिए । २०१९ को दोहा वर्ल्ड एथलेटिक्स च्याम्पियनसिप र २०१९ कै एनओसी वर्ल्ड बीच भलिबल गेम्समा पनि महिला खेलाडीले खेलको हिसाबले नै कपडा लगाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *