प्रदेश प्रमुख झाले उद्धार गरे दुर्घटनाका घाइतेहरुलाई
काठमाडौं । प्रदेश नं. २ का प्रदेश प्रमुख राजेश झाले दुर्घटनामा परी छट्पटाईरहेका नागरिकलाई उद्धार गरेका छन्। बाराको निजगढमा दुर्घटनामा परी छट्पटाई रहेको अवस्थामा २ जना व्यक्तिलाई उद्धार गरी अस्पताल पठाएका हुन्।
जनकपुरधामबाट जितपुरमा हुने सैनिक कार्यक्रममा सहभागि हुन जाँदै गर्दा उनले दुर्घटनामा परेका ४ जनालाई भेटेका थिए। ‘मलाई नागरिकको सुरक्षा नै पहिलो हो लाग्छ’ डा. झालाई उदृत गर्दै स्रोतले भन्यो, ‘उहाँले घाइतेहरुको उपचारका लागि चन्द्रनिगाहापुरस्थित अस्पतालमा पठाउनु भएको छ।’
डा. झा उक्त कार्यक्रममा ढिलो गरी पुगेका हुन्। स्रोतका अनुसार उनले बाटोमा घाइतेहरुलाई समय दिएका कारण ढिलोगरी कार्यक्रममा पुगे। यसअघि सहरी विकास मन्त्री प्रभु साहको गाडीले स्थानीयलाई ठक्कर दिएर घाइतेलाई अलपत्र छोडेको थियो।
फागुन ७ गते प्रजातन्त्र दिवसका दिन प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेका डा. झाले घाइतेहरुको उद्धार गरेपछि सामाजिक सञ्जालमा वाह वाही पाइरहेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment