‘बी’ डिभिजन लिग फुटबलमा नयाँबस्ती विजयी

डिसी नेपाल
११ फागुन २०७७ १७:५६

काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको पहिलो खेलमा नयाँबस्ती युवा क्लब विजयी भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सम्पन्न खेलमा नयाँबस्तीले मध्यपुर युथ एशोसिएशनलाई २–१ गोल अन्तरले पराजित गरेको हो । नयाँबस्तीका लागि सचु गुरुङ र अवय धिमालले एक एक गोल गरेका हुन् । गुरुङले खेलको आठौँ मिनेटमा गोल गरेका हुन् । यस्तै धिमालले खेलको ७९औँ मिनेटमा गोल गरेका हुन् । यसैगरी मध्यपुरका लागि सान्त्वना गोल खेलको ५७औँ मिनेटमा भूपालसिंह गुरुङले गरेका हुन् ।

कोरोना भाइरसको महामारीको कारण ‘बी’ डिभिजन लिग गत वर्ष चैत ५ गते स्थगित भएको थियो । उक्त लिग पुनः आजदेखि शुरु भएको हो । लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । लिगको शीर्ष टोली ए डिभिजनमा बढुवा हुने छ भने पुछारको टोली सी डिभिजनमा घटुवा हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *