गोकुल बाँस्कोटाको प्रतिक्रिया – के को दिपावली के को रुवाबासी ?
फाइल तस्वीर
काठमाडौं । पूर्वमन्त्री तथा नेकपा ओलीसमूहका नेता गोकुल बाँस्कोटाले संसदमा संविधानले नभई राजनीतिले असर गरेको बताएका छन्।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गर्दै पुनःस्थापना हुने फैसला गरेसँगै बाँस्कोटाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै राजनीति आआफ्नै तालसुरमा चलिरहन्छ के को दिपावली के को रुवाबासी? भन्दै प्रश्न गरेका छन्।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने आदेश सुनाएको हो । अदालतले १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि आदेश दिएको छ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment