छिमेकी मुलुक भारततर्फ इंगित गर्दै आफू विरुद्ध सबै शक्ति एकजुट भएको ओलीको आरोप

डिसी नेपाल
१२ फागुन २०७७ ७:५०

काठमाडौं। मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा आफ्नो ७० औं जन्म दिन मनाउँदै थिए। प्रधानमन्त्री ओलीको जन्म दिनको अवसर पारेर पत्नी राधिका शाक्यद्वारा लिखित ‘मेरो अनुभूतिहरु’ कृति विमोचन गरिएको थियो।

सो अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो भने प्रधानमन्त्रीलाई जन्म दिनको शुभकामना र पत्नी राधिका शाक्यलाई बधाइ दिन नेता, कार्यकर्ता एव शुभेच्छुक बालुवाटार पुगेका थिए।

बालुवाटारमा शुभकामना आदान प्रदान र सांस्कृतिक कार्यक्रम चलिरहँदा प्रधानमन्त्री ओली बेला बेलामा आफ्नो मोबाइलमा समाचार गर्दै गर्थे। त्यतिबेलासम्म सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला सुनाइसकेको थियो।

आफू बाहेक सबै शक्ति आफू विरुद्ध लागेका कारणले सर्वोच्चको यस्तो फैसला आएको ओलीको विश्लेषण थियो। ओलीले सबै शक्ति एक ठाउँमा उभिएको बताएपनि ती शक्ति को को हुन् भन्ने स्पष्ट खुलाएनन्। तर छिमेकी मुलुक भारत प्रतिनिधिसभा पुनःस्थापना गर्ने खेलमा लागेको उनको आशय थियो।

प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसला पछि पनि प्रधानमन्त्रीको हाउ भाउ र व्यवहारमा कुनै फरक देखिएन। उनी शान्त चित्त मुद्रामा कार्यक्रम भरी मुस्कुराउँदै बसे।

कार्यक्रम सकिएपछि आफू निटक नेताहरुसँग प्रधानमन्त्री ओलीले छुट्टै छलफल गरे। सो छलफलमा विभिन्न कोणबाट अहिलेको अवस्थाको विश्लेषण गरिएको थियो। छलफलका क्रममा प्रधानमन्त्री ओलीले तीन दिन अगाडि नै आफ्नो निर्णयको विरुद्ध सर्वोच्चको फैसला आउँछ भन्ने आफूलाई जानकारी भएको नेताहरुलाई सुनाएका थिए।

आफू बाहेक सबै शक्ति आफू विरुद्ध लागेका कारणले सर्वोच्चको यस्तो फैसला आएको ओलीको विश्लेषण थियो। ओलीले सबै शक्ति एक ठाउँमा उभिएको बताएपनि ती शक्ति को को हुन् भन्ने स्पष्ट खुलाएनन्। तर छिमेकी मुलुक भारत प्रतिनिधिसभा पुनःस्थापना गर्ने खेलमा लागेको उनको आशय थियो।

केही समय अघि केक काटेर खुशीयाली मनाएका उनले केही समयपछि आएको सर्वोच्चको फैसालाले प्रधानमन्त्री ओली अप्ठेरोमा त परेकै थिए, तर त्यो अप्ठेरोका कारणले आफ्ना नेता कार्यकर्तामा निरासा नआयोस भन्ने पनि उनी निकै सजग देखिए

छलफलका सहभागी एक नेताका अनुसार प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसला आउनु अघिल्लो दिन प्रधानसेनापति पूर्णचन्द्र थापा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न सर्वोच्च अदालत पुगेको पनि मन परेको रहेनछ।

छलफलका क्रममा प्रधानमन्त्रीले सेनापतिको सर्वोच्च अदालतमा भएको आकस्मिक भ्रमणबारे आफू जानकार नभएको र आफूले सेनापतिलाई सर्वोच्च अदालत नपठाएको संकेत गरेका थिए।

प्रधानमन्त्री ओलीले आफू र सरकार लोकतन्त्रका विश्वास गर्ने भएकाले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्ने तर सर्वोच्चको फैसलाले राजनीतिक समस्याको हल नहुने बताएका थिए। उनले आफूले अहिले राजीनामा नदिने भन्दै निरास नहुन आफू निकट नेता तथा कार्यकर्तालाई ढाडस दिएका थिए।

केही समय अघि केक काटेर खुशीयाली मनाएका उनले केही समयपछि आएको सर्वोच्चको फैसालाले प्रधानमन्त्री ओली अप्ठेरोमा त परेकै थिए, तर त्यो अप्ठेरोका कारणले आफ्ना नेता कार्यकर्तामा निरासा नआयोस भन्ने पनि उनी निकै सजग देखिएको ओली निकट एक नेताले जानकारी दिए।

प्रधानमन्त्री ओलीले आफूले राजीनामा नदिने भन्दै ससदको सामना गर्ने दोहोर्याएका थिए। त्यसको सामना गर्न उनले आफू निकट नेता तथा कार्यकर्तालाई आग्रह पनि गरेका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *