सर्वाधिक पुरस्कार राशीको स्नुकर प्रतियोगितामा राजनको सहज जित
काठमाडौं । अजिमा स्नुकर हाउसका राजेन लामाले प्रथम चक्र लामा÷किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा मंगलबार जित हात पारेका छन् । बौद्धस्थित अजिमा स्नुकर हाउसमा भइरहेको सर्वाधिक पुरस्कार राशीको स्नुकर प्रतियोगितामा राजेनले हेटौडाका नितेश खन्डवालमाथि ४–० को सहज जित निकाले ।
क्यु १४७ का राजेन्द्र श्रेष्ठले पीएसएएनसीका अमिर श्रेष्ठलाई ४–३, बनेपाका नितेश राजभण्डारीले विराटनगरका विकास कर्णलाई ४–२ ले पराजित गरे । लास्ट ब्रेकका सोम लामाले स्क्वायरका सगर केसीलाई ४–०, पोखराका विकास महर्जनले चामुण्डाका टासी वाङचुकलाई ४–३, नेपाल नम्बर वान अजिमाका रेगन श्रेष्ठले अजिमाकै रेन्जेन लामालाई ४–१, ब्रेक प्वाइन्टका विनोद श्रेष्ठले च्याम्पियनका पूर्ण लामालाई ४–० तथा चामुण्डाका जिमी लामाले अजिमा सुमेश लामालाई ४–१ ले पराजित गरे ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment