सुनकाे मूल्य घट्याे

डिसी नेपाल
१२ फागुन २०७७ १३:४७

काठमाडाैं। साताको चौथो दिन बुधबार (आज) सुनको मूल्य तोलामा ३ सय रुपैयाँ घटेको छ। मंगलबार एकै दिन एक हजार १ सय रुपैयाँले उकालो लागेको सुन आज भने झिनो अङ्कका साथ ओरालो लागेको हो।

बुधबार ३ सय घटेको सुनको मूल्य ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। छापावाला सुन मङ्गलबार तोलामा ९० हजार १ सय रुपैयाँमा कारोवार भएको थियो।

यस्तै तेजाबी सुन तोलामा ८९ हजार ३ सय ५० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ।

यस्तै बुधबार तोलामा १५ रुपैयाँले घटेको चादीँको मूल्य एक हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *