वैदेशिक रोजगारीको लागि २७ वटा म्यानपावरका ४४ शाखा वैधानिक(सूचीसहित)

डिसी नेपाल
१३ फागुन २०७७ १३:२१
1.2k
Shares

काठमाडौं। वैदेशिक रोजगारमा जान चाहनेहरुको लागि नेपालका कूल म्यानपावर कम्पनीमध्ये २७ वटा म्यानपावर कम्पनीका ४४ वटा शाखा कार्यालयहरु वैधानिक रहेका छन्।

वैदेशिक रोजगारमा श्रमिकलाई संस्थागत रुपमा पठाउने सूचनामा प्रकाशित शाखा कार्यालयहरु मात्र वैधानिक रहेको वैदेशिक रोजगार विभागले जनाएको छ।

विभागको वेभसाइटमा राखिएको सूचना अनुसार सबैभन्दा धेरै शाखा कार्यालयहरु द रिभर ओभरसिज, पुकार ईन्टरनेशनल ओभरसिज र राज ओभरसिज प्रालिको रहेको छ। द रिभरको शाखाहरु इटहरी, पोखरा, बिर्तामोड र बुटबलमा रहका छन् भने पुकारको शाखाहरु भक्तपुर, उर्लावारी, पोखरा, चारपानेमा रहेका छन्।

त्यस्तै, राजको शाखा कार्यालयहरु इटहरी, दमक, पोखरा र चितवनमा रहेका छन्। त्यसैगरी, तीन वटा शाखा हुनेमा अञ्जली ओभरसिज प्रालि, रोम्बो ओभरसिज प्रालि रहेका छन्। अन्यको एक /एक वटा र दुई /दुई वटा शाखा रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *