नेप्सेमा लगानी समुह थपियो, होटल परिसूचकको नाम परिवर्तन

डिसी नेपाल
१५ फागुन २०७७ १३:५२

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लगानी समुह थप गरेको छ। यसअघि नेप्सेमा ११ समुहगत परिसूचक रहेकोमा लगानी समुह थप गरी १२ वटा समुहका समुहगत परिसूचक कायम गरिएको छ। यो फागुन भोलि आइतबार देखि लागू हुने गरि उक्त समुह थप गरेको नेप्सेले जनाएको छ।
लगानी समुहमा हाल अन्य समुहमा सूचीकृत नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नागरिक लगानी कोष, जलविद्युत लगानी कम्पनी र एनआरएन इन्फ्राष्ट्रक्चर एण्ड डेभलमेन्ट रहेका छन्।

नेप्सेले होटल समुहलाई पनि परिमार्जित गरी होटल तथा पर्यटन समुह बनाएको छ। समुहमा चन्द्रागिरी हिल्स कम्पनीलाई राखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *