विभागले लकडाउनपछि २८ म्यानपावरमा ग-याे अनुगमन

रिता बस्नेत
१६ फागुन २०७७ १२:२७

काठमाडौं। वैदेशिक रोजगार विभागले गत मंसिर ८ गतेदेखि यही फागुन १४ गतेसम्म २८ वटा म्यानपावर कम्पनीहरुको अनुगनम गरेको छ। विभागले ती म्यानपावर कम्पनीहरुले अवैध अन्तरर्वार्ता लिएको, भिजिट भिसामा रोजगारीमा पठाउन लागेको र बढी पैसा लिएको सूचनाको आधारमा अनुगमन गरेको हो।

विश्वमा कोरोना संक्रमण फैलिएसँगै प्राय देशले गरेको लकडाउनले ठप्प भएको आवागमन पछिल्लो समय कोरोनाको भ्याक्सिन निस्किएसँगै विस्तारै खुल्ने थालेपछि वैदेशिक रोजगार जानेको संख्या पनि क्रमश बढ्न थालेको छ। वैदेशिक रोजगारमा जानेको संख्या क्रमश बढ्ने क्रमसँगै युवाहरु ठगीमा परेका घटनाहरु पनि क्रमशः बढ्दै गएको छ।

करिब चार महिनाको अवधिमा डी.डी. ह्युमेन रिसोर्सेस प्रालि, एसओएस म्यानपावर सेर्भिसेस, होप इन्टरनेशनल प्रालि, एच.म.टी ओभर्सिस, स्काई.अफ द वल्र्ड, स्काई ब्लु इन्टरनेशनल, सुर्खेत ओभर्सिस, ओम ओभर्सिस प्रालि, अन्नपूर्ण इन्टरनेशनल प्रालि, प्याराडाइज इन्टरनेशनल प्रालि, सलमानी ओभर्सिस, अल अस्मास प्रालि, मनास्लु इन्टरनेशनल प्रालि, अर्किड ओभर्सिस प्रालि अनुगमनमा परेको छन्।

त्यस्तै, बेबी स्टार इन्टरनेशनल प्रालि, भिजन एण्ड भियालु, ग्रोथ प्रोसेस इन्टरनेशनल, लिंक इन्टरनेशनल प्लेसमेन्ट, ग्रिन स्टार ओभरसिज प्रालि, भिजन एण्ड भ्यालु ओभरसिज प्रालि, पास इन्टरनेशनल प्रालि, अल साशा ओभर्सिस प्रालि, कल्याण सेकुरिटी सर्भिसेज प्रालि, ग्रीनस्टार ओभर्सिस प्रालि, माउण्ट कञ्चन इन्टरनेशनल, अल आसमास कम्पनी, प्याराडाइज इन्टरनेशनल, एसोसियट्स वेलकम इन्टरनेशनल विभागको अनुगमनमा परेका रहेका छन्।

अनुगमनमा परेका यी केही कम्पनीहरु फुकुवा भइसकेका छन् भने कतिपय कम्पनीलाई कारवाही गर्न बाँकी रहेको छ। मुलुकभर वैधानिक रूपमा सात सय ५२ वटा वैदेशिक रोजगारसम्बन्धी म्यानपावर कम्पनी छन्। तर ती कम्पनी र कम्पनीका दलालहरुले देशकै गरिब नेपालीलाई ठगी गरिरहेका छन्।

अझ भन्ने हो भने खराब आचरण भएका केही दलालका कारण समग्र वैदेशिक रोजगार व्यवसाय नै बद्नाम हुन पुगेको छ। गाउँका गरिब युवालाई नै ठगी गरी घर न घाटको अवस्थामा पुर्याउने त्यस्ता म्यानपावर तथा दलालहरुलाई नियन्त्रण गर्न सरकारीस्तरबाट रोजगार सिर्जना हुने नीति तथा कार्यक्रम ल्याउन जरुरी देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *